प्रहरीले प्रदर्शनकारी माथि गोली चलाउँदा कञ्चनपुरको महेन्द्रनगरमा एक बालकको ज्यान गएको छ ।

१३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा दोषी उम्काउन खोजेको भन्दै जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले चलाउँदा १४ बर्षीय किशोर चेतन भट्टको मृत्यु भएको हो ।

जिल्ला प्रशासन कार्यालय अगाडि भएको प्रदर्शन अनियन्त्रित भएपछि प्रहरीले गोली चलाएको हो । महाकाली अञ्चल अस्पतालले भट्टको मृत्यु घोषणा गरेपछि आन्दोलनकारीले शव नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरिरहेका छन् ।

घाइते चारमध्ये गम्भीर एक जनालाई धनगढी ‘रिफर’ गरिएको छ । बिहीबार लगाइएको कफ्र्यू आज विहान अन्त्य भएलगत्तै स्थानीयले प्रदर्शन सुरु गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार