निर्मला पन्तका बलात्कारीलाई पक्राउ गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको छ ।

घटनामा अन्य ३ जना घाइते भएका छन् । उनीहरुको अवस्था पनि चिन्ताजनक छ । बिहीबार गोली हानिएकै स्थान वडा प्रहरी कार्यालय नजिकै शुक्रबार पनि प्रहरीले आन्दोलनकारीमाथि गोली चलाएको हो ।

प्रदर्शनकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालय र त्यहाँको सवारी साधानसमेत तोडफोड गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

यद्यपि, मानवीय क्षतिको विवरण भने प्रहरी प्रधान कार्यालयसम्म अाइनपुगेको थापाले बताए ।

शुक्रबार नेकपाका नेता भीम रावल दिएको अभिव्यक्तिविरुद्ध कञ्चनपुरमा प्रदर्शन भएको थियो । विद्यार्थीले नाराजुलुसहित गरेको प्रदर्शन उग्र बनेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको जनाइएको छ ।

निर्मला पन्तको हत्या प्रकरणमा नेता रावलले दिएको अभिव्यक्तिको बिरोध गर्दै नेपाल विद्यार्थी संघले शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको अगाडि प्रदर्शन गरेको हो ।

यसअघि नेता रावलले कांग्रेसीहरुले कञ्चनपुरमा निर्मला हत्याकाण्डको मुद्दालाई राजनीतिसँग जोडेर आन्दोलन गरेको बताएका थिए ।

बिहीबार पनि अान्दोलनका क्रममा गोली चल्दा ३ जना घाइते भएका थिए । लगत्तै, गृह मन्त्रालय प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र डिएसपीलार्इ फिर्ता बोलाएको थियो ।

यसअघि सरकारले बिहीबार पन्त बलात्कार प्रकरणको छानबिनका लागि सह-सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

पन्त बलात्कार प्रकरणमा प्रहरीले घटनाको २५ दिनपछि मुख्य अभियुक्त दिलिपसिंह विष्टलार्इ सार्वजनिक गरेको थियो । तर, स्थानीयले वास्तविक अपराधीलार्इ लुकाएर मानसिक सन्तुलन गुमाएका विष्टलार्इ सार्वजनिक गरिएको भन्दै अान्दाेलन चर्काएका थिए ।

मैनाली नेतृत्वको समितिका पदाधिकारीहरू शुक्रबार बिहानै कञ्चनपुर पुगेर अनुसन्धान थालेका छन् । जिल्लास्थित सुरक्षा निकायका अधिकारीहरूकाे परिवर्तन र उच्च स्तरीय छानबिन समितिको गठनपछि अान्दाेलन मथ्थर हुने अपेक्षा गरिएको थियो ।

यद्यपि, शुक्रबार अपरान्ह प्रहरीले गोली नै चलाउनु पर्ने स्थिति सिर्जना भयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार