अाज शुक्रबार भएकाे अान्दाेलनमा करिब दुर्इ दर्जन स्थानीय घाइते भएका छन् । घाइतेकाे महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
घटना बालककाे मृत्यु भएसँगै अाक्राेसित बच्चाहरु ढुङ्गामुढा गर्दै नगरपालिका घेराउ गरेका छन् । अझै घटनाकाे थप विवरण आउन बाँकी छ । अान्दाेलनमा महाकाली अञ्चल अस्पतालले बालककाे मृत्यु भएको घोषणा गरेसँगै आन्दोलनकारीले शव लिएर थप प्रदर्शन गरेका छन् ।
प्रहरीले पन्तकाे बलात्कारपछि हत्या अाराेपमा नक्कली अाराेपीलार्इ प्रकाउ गरेकाे भन्दै केही दिन यता अान्दाेलनमा चर्किएकाे हाे । अान्दाेलनमा प्रहरीले अश्रुग्याँस, लाठीचार्ज गर्दै दमन गरे पनि हिजाेदेखि गाेली चलाएकाे थियाे । प्रहरीकाे गाेलीबाट अहिलेसम्म दर्जनौ सर्वसाधरण घाइते भएका छन् ।







