कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कञ्चनपुरमा दिनहुँ गोली चलेको घटनालाई न्याय माग्नका लागि सडकमा उत्रिएका नागरिकलाई गोली चलाएर निर्मम दमन गर्ने घटना २१ औं शताब्दीको अन्त्यमा कल्पनासम्म पनि गर्न नसक्ने घटना भनि टिप्पणी गरेका छन् ।

उनले कञ्चनपुरका सवै घटनाको निष्पक्ष छानविनको माग गरेका छन् । पौडेलले विज्ञप्ती प्रकाशित गर्दै भनेका छन– ‘कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको बारेमा उचित छानविनको माग गर्दै शान्तिपुर्ण रुपमा प्रर्दशनमा उत्रिएका सर्वसाधरण प्रति सरकारले निर्मम तवर गोली चलाएको घटनाको सर्वप्रथम म धोर भत्र्सना गर्दछु । न्याय माग्नका लागि सडकमा उत्रिएका नागरिकलाई गोली चलाएर निर्मम दमन गर्ने घटना यो २१ औं शताब्दीको अन्त्यमा कल्पना सम्म पनि गर्न नसक्ने घटना हो । तर्सथ, सर्वसाधरण नागरिक माथि दिनहुँ गोली चलाइएको विषयमा तत्काल निष्पक्ष छानविन गर्न आवश्यक छ । निहत्था नागरिक तथा बालबालिकामाथि अन्धाधुन्द गोली चलाउदा आज १४ बर्षिया बालक चेतन भट्टको निधन भएको घटनाले अत्यत्नै दुःखी बनाएको छ । तत्काल कञ्चनपुरमा भएको बलत्कारपछि हत्या भएको घटना देखि सर्वसाधरण माथि अन्धाधुन्द गोली चलाइएको घटनाको बारेमा निष्पक्ष छानविन होस् । यसका साथै सम्पुर्ण घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्दछु । साथै चेतन भट्टको आत्माको चीर शान्तिको कामना गर्दै परिवार प्रति हार्दिक समवेदना साथै व्यक्त गर्दछु । ’

यसैबीच वरिष्ठ नेता पौडेलले कञ्चनपुरमा हिजो भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका अर्जुन भण्डारालाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जस्थित कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।nayapatrikadailyबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार