नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरमा प्रहरीको गोलीबाट एक बालकको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् ।
उनले ट्वीटरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै छटनाको छानविन गर्न माग गरेका छन् । लगातार तीन ट्वीट गरेका उनले भनेका छन्, निर्मला पन्तको बलात्कार-हत्याको अनुसन्धानमा सन्देश जनाउने जनतामाथि गोली बर्साउने कार्यको म भत्सर्ना गर्छु ।
निर्मलाको परिवारलाई सुरक्षा दिन, नयाँ शिराबाट विश्वसनीय अनुसन्धान सुरु गर्न र छोरी चोलीको सुरक्षा गर्ने कदम चाल्न माग गरेका छन् ।
कञ्चनपुरमा आज प्रहरीको गोली लागी एक बालकको मृत्यु भएको घटनाले म ज्यादै दुःखी छु । मृतक बालकको परिवारप्रति गहिरो सहानुभूति प्रकट गर्दछु । onlinekhabar

https://www.youtube.com/watch?v=LXGRBT8DqF4

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार