फ्रान्सले सहमतिमा १५ बर्षमै ‘सेक्स’ लाई बैधानिकता दिएको छ ।यसको मतलव यो भन्दा कम उमेरको ‘सेक्स’ लाई चाहिँ बलात्कार मानिनेछ ।फ्रान्सको लैंगिक बराबरी सुनिश्चत गर्ने मन्त्रालयका मन्त्री मार्लिन शियपाले यस फैसलालाई स्वागत गरेकी छिन् ।
फ्रान्समा हालको कानुन अनुसार १५ बर्षभन्दा कम उमेरका ‘सेक्स’ जर्बजस्ती बनाइन्छ र प्रहरीले मुद्दा दर्ता गर्नुअगाडि यसलाई बलात्कार मान्छ ।हालै ११ बर्षकी केटीसँग ‘सेक्स’ सम्बन्धले निकै ठूलो बहस पैदा गर्यो । त्यसपछि यो कानुनमा हेरफेर गरियो ।
विद्यमान कानुन अनुसार यदि हिंसा वा जबर्दस्तीको कुनै प्रमाण मिलेन भने अपराधीमाथि न कुनै यौन उत्पीडनको आरोप लाग्छ, न त बलात्कारको नै । यस्तोमा पाँच बर्षको सजाय र ६६ हजार पाउन्ड जरिवाना हुने प्रावधान छ ।
बालिग र नाबालिकसँग यौन उत्पीडनको विषयमा एक जस्तै सजायको प्रावधान छ । तर, बलात्कारको आरोप प्रमाणित भए कडा सजायको व्यवस्था छ ।
यौनका लागि सहमति दिने उमेर १३ अथवा १५ वर्ष बनाइयोस भन्ने कुराप्रति पनि बहस भयो । बच्चाको अधिकारका लागि काम गर्ने समूहले यसको माग गरिरहेका थिए । मार्लिन सियपाले एएफपीसँग भने ‘मलाई यो कुराबाट खुसी छु, सरकारले धेरै उमेरको विकल्पलाई छनोट गरेको छ र राष्ट्रपति मेक्रोले पनि यो प्रस्तावको समर्थन गर्नुभएको छ।’







