नेपाली हिन्दू समाजमा विशेषत: महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा व्रत वा उपवास बस्छन् । लामो समयको व्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । व्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ । यौन सम्पर्कका बेला थोरै भए पनि इनर्जी (शक्ति) क्षय हुने हुनाले केही पनि नखाई बस्ने व्रत (जस्तै तीज) का बेला कमजोर महसुस गर्न सक्छन् ।
सफल यौन कार्यमा महिलाको इच्छाको कदर गर्नुपर्ने र व्रतसँग सामाजिक सीमा, मर्यादा एवं नैतिक मूल्य–मान्यतासमेत गाँसिने भएकाले यतिबेला यौन आनन्द भन्दा यौन सम्बन्ध पछि आत्मग्लानि वा पश्चातापको अनुभूति हुन बेर लाग्दैन । धर्मशास्त्र तथा पर्व विशेषको महत्वका कारण पनि विशेषत: पुरुषले आफ्नो मात्र स्वार्थ सिद्ध गर्नतर्फ लाग्नु हुँदैन । वैज्ञानिक हिसाबले व्रतका बेला यौनसम्पर्क राख्न नहुने कुनै कारण छैन, तर केही दिनको विश्रामपछिको यौनसम्बन्ध अझ सन्तुष्टियुक्त हुने र त्यतिबेला व्रत लिइसकेकी महिला पनि मानसिक रूपमा तयार हुने हुँदा व्रतका बेला यौन सम्पर्क नराख्नु नै बुद्धिमानी हुन्छ ।
थाहै नपाई वीर्य स्खलन कस्तो समस्या हो
म ३० वर्षीय विवाहित पुरुष हुँ । राम्री केटी देख्ने अनि छुनेबित्तिकै मेरो लिंग कडा नभई आफै लिंगबाट पानी निस्कन्छ । यौनसम्पर्क गरौं भने कडा हुँदैन । त्यसैले म तनावमा छु । त्यसरी पानी निस्कँदा कमजोर भएको अनुभव हुन्छ । आफ्नी श्रीमतीसँग यौन सम्पर्क गर्छु भन्दा पनि हुँदैन । श्रीमतीलाई मेरो कारणले सन्तुष्टि नहुने हो कि भन्ने चिन्ता लाग्छ । उनीसँग सोध्दा ठिक छ त भन्छिन् । यद्यपि यसबाट मलाई पनि सन्तुष्टि हुँदैन अनि मलाई एउटा छोरा पनि चाहिन्छ । औषधी खाँदा फेरि बच्चा नहुने हो कि ? के गर्दा ठिक होला बताइदिए मेरो जिन्दगीमा खुसी आउने थियो ।
डा. राजेन्द्र भद्रा-यौन उत्तेजनालाई निरन्तरता दिइएको स्थितीमा चरमसुख प्राप्त हुने हाराहारीमा मूत्रद्वारबाट एक प्रकारको सेतो तरल पदार्थ निस्कन्छ जसलाई वीर्य भनिन्छ । एकपल्ट वीर्यस्खलन हुँदा यस्तै ३ देखि ५ मिलिलिटर (१ चियाचम्चा जति) वीर्य निस्कन्छ । यही वीर्यमै शुक्रकीट हुन्छन् । तपाईंलाई थाहा होला, मूत्रथैलीको मुनि दुईतिर वीर्य थैली हुन्छन्, त्यहीँको रस नै वीर्यको मुख्य अंश (४६ देखि ८० प्रतिशत) हो भने त्यसमा पौरुष ग्रन्थिको रस पनि पर्याप्त मात्रामा (१३ देखि ३३ प्रतिशत) हुन्छ । अण्डकोष तथा ईपिडिडाईमिस (अण्डकोषसँगै जोडिएको एक भाग) बाट आउने रसको मात्रा यस्तै ५ प्रतिशत हुन्छ भने मुत्रनलीका अन्य ग्रन्थिबाट आउने रसको मात्रा त्यसभन्दा पनि कम । वीर्यको रंग सामान्यत: सेतो हुने भए पनि हल्का पहँेलो वा खरानी रंगको समेत हुन सक्छ । यो क्रिमजस्तै र केही च्यापच्यापे प्रकृतिको हुन्छ ।
https://www.youtube.com/watch?v=-rKOFQkM9mA&t=320s







