काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि नेपालमा लगाइएको कर संसारकै थोरै भनि दिएको अभिव्यक्तिको आलोचना भइरहेको छ। अन्धाधुन्ध कर बढाउँदा सरकारको चौतर्फी आलोचना भएपछि ओलीले गृहनगर विराटनगर विमानस्थलमा गत मंगलबार आयोजित पत्रकार सम्मलेनमा नेपालमा संसारकै सबैभन्दा थोरै कर भएको बताएका थिए। नेपालमा जति थोरै कर, सस्तो बजार र मूल्य संसारमै नभएको उनको भनाई थियो।

यतिमात्रै होइन ओलीले अन्य देशको तुलनामा थोरै कर हुँदा हुँदै पनि चर्को कर लगाएको भन्ने अफवाह फैल्याउन केही समूह सक्रिय रहेको आरोप नै लगाए। देशका कार्यकारी प्रमुख पदमा आसिन व्यक्तिले तथ्य र सत्यलाई ढाकछोप गर्दै आफ्नो बचाउका लागि हुँदै नभएको कुरा बोलेपछि उनको आलोचना सुरु भएको हो।

आधिकारिक विवरण तथा तथ्यांकले ओलीको यो भनाइ गलत रहेको देखाएको छ । विवरण अनुसार नेपाल दक्षिण एसियामै सबैभन्दा महँगो कर लाग्ने देश बन्न पुगेको छ । नेपालले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७४÷७५ अनुसार नेपालमा कूल गार्हस्थ्य उत्पादन (जीडीपी)को आधारमा लाग्ने कर २३.१ प्रतिशत रहेको छ ।

विकिपेडियाका अनुसार यो कर दक्षिण एसियाकै सबैभन्दा बढी हो। दक्षिण एसियामा माल्दिभ्सको जीडीपीको आधारमा लाग्ने कर २०.५ प्रतिशत रहेको छ । नेपालपछि सबैभन्दा बढी कर लाग्ने मुलुक माल्दिभ्स हो ।

त्यसैगरी भारतमा १७.७ प्रतिशत कर लाग्ने गरेको छ। त्यस्तै पाकिस्तानमा ११ प्रतिशत, अफगानिस्तानमा ६.४, बंगलादेशमा ८.५, भुटानमा १०.७, श्रीलंकामा ११.६ प्रतिशत कर लाग्ने गरेको छ । यसले दक्षिण एसियामा नेपाल सबैभन्दा बढी कर लाग्ने मुलुक रहेको पुष्टि गर्छ ।

विश्वको सबैभन्दा बढी कर लाग्ने मुलुक नर्वे हो । यहाँ ५४।८ प्रतिशत कर लाग्ने गरेको छ । फिनल्याण्डमा ५४.२ प्रतिशत कर लाग्ने गरेको छ । डेनमार्कमा पनि ५०.८ प्रतिशत करको व्यवस्था रहेको छ । यी देशहरुमा कर बढी भएपनि शिक्षा, स्वास्थ्य लगाएतको सामाजिक सुरक्षा सरकारको जिम्मा रहने गरेको छ।

चीनमा २०.१ प्रतिशत करको व्यवस्था रहेकोमा अमेरिकामा २६ प्रतिशत करको व्यवस्था छ ।mediadabali

https://www.youtube.com/watch?v=DWGxcorwSLU

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार