चितवन । शनिबर बिहानै चितवनको भरतपुर महानगरपालिका–२९ स्थित दासढुंगामा बस र ट्रक ठोक्किंदा २८ जना यात्रु घाईते भएका छन् । आज बिहान ६ः३० बजेको समयमा दाङबाट काठमाडौं जाँदै गरेको ना ७ ख ७३३५ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ४७०४ नम्बरको ट्रक एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घाईतेमध्ये २४ जनाको शिक्षण अस्पताल भरतपुर पुरानो मेडिकल कलेज र चार जनाको चितवन मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । बसका चालकको अवस्था भने गम्भिर रहेको प्रहरीले जनाएको छ । janaboli

https://www.youtube.com/watch?v=DWGxcorwSLU







