को कावासोतीमा रहेको केरुङ्गे खोलाले बगाएर गएराति एक जनाको मृत्यु भएको छ ।
कावासोती नगरपालिका १४ हेगौली निवासी ५० वर्षीया मालसिंह महतोको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ ।
खोलापारी खेतमा माछा मार्ने ढडिया थापेर फर्किने क्रममा उनलाई राति ११ बजे तिर खोलाले बगाएको स्थानीयले बताएका छन् ।
खेतमा गएका उनी राति अबेरसम्म घर नआएपछि खोजी गर्दै जाँदा राति १ बजे केही तल शव भेटिएको थियो ।
उनको शव पोष्टमाटर्मका लागि प्राथमिक स्वास्थ्य केन्द्र चोरमारामा राखिएको छ ।
नयाँ बानेश्वरमा युवती बलात्कृत
काठमाडाैं। घटना भएको झन्डै चार महिनापछि काठमाडौंको नयाँ बानेश्वरमा एक युवतीमाथि बलात्कार भएको तथ्य खुलेको छ । घटनामा संलग्न भएको आरोपमा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १० का २४ वर्षीय अनुपसिंह विष्ट पक्राउ परेका छन् । विष्टलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले तीन दिनअघि पक्राउ गरेको हो । पीडित युवतीको किटानी जाहेरीपछि प्रहरीले सिंहलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । तर, पर्याप्त प्रमाण नपुगेको भन्दै तारेखमा छाडेको थियो । दबाब बढ्दै गएपछि प्रहरीले सिंहलाई शुक्रबार पुनः हिरासतमा लिएको छ ।

वृत्तका प्रमुख डिएसपी गोविन्द काफ्लेले भने बलात्कारको किटानी जाहेरी परेपछि सिंहलाई पक्राउ गरिएको तर, थप तथ्य ल्याउन ढिला हुँदा तारेखमा राखेको बताए । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ । janaboli बाट

https://www.youtube.com/watch?v=DWGxcorwSLU

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार