काठमाडौ । अग्नी साँची राखेर रक्तरञ्जीत सिन्दुरको धर्कोले कोरेको यति पवित्र सम्बन्धपनि यति खोटो हुन्छ भने दयानिधिको बास कहाँ होला ? यो खबर पढेपछि तपाई सबैलाई यही प्रश्न बारम्बार आउँनेछ । मानिस जन्मेदेखि यही दुई शब्द खुशी र सन्तुष्टिका लागि नमरुञ्जेल संघर्ष गर्छ । तड्पिन्छ । सृष्टीका सबै कर्म गर्छ । यही बीचमा बैबाहिक सम्बन्ध गाँस्न पुग्छ । बिबाहपछि श्रीमतीले त्यही श्रीमान्, छोराछोरी र आफ्ना लागि संघर्ष गर्छिन् । श्रीमान्लेपनि उनै श्रीमती, छोराछोरी र आफ्ना लागि संघर्ष गर्छन् । यो यति पवित्र र यति विश्वासको हद भएको सम्बन्ध हो की अरु कुनै सम्बन्धमा यति हद हुँदैन ।
कसले विश्वास गर्न सक्छ र आफ्नो मुटुको एक कुनामा सजाएकी तिनै श्रीमतीले यति धेरै झेल गर्छिन् । तर नेपालको नियती बनेको छ । सरकार रेमिट्यान्स भित्रिएकोमा खुशी छ । समाज केही धन दौलत देख्न पाएकोमा दंग छ । तर यही वैदेशिक रोजगारीले कसैको जीवन उजाड बनेको छ । समाजमा धाँजा फाटेको छ । ह्दयहरु छिया छिया बनेका छन् । समाज चिरा चिरा परेको छ । यही बेदनाले अहिले धादिङ्ग छटपटाइरहेको छ । त्यही धादिङ्ग निलकण्ठ गाँउपालिका वडा नं. १० का गणेश थापा मगर तड्पिरहेका छन् । उनले परदेशमा जीवन विताएको आज १० बर्ष भएको छ ।

बिबाह गरेको २ बर्षदेखि नै परिवारको सुखको दिन साँचेर नवालक सन्तान र श्रीमतीलाई छोडेर पराईको भूमीमा रगत र पसिना बगाई रहे । बेला–बेला (हरेक बर्ष) जस्तै विदा मिलाएर घर आइरहन्थे । पछिल्लो पटक उनी १० औ बर्ष पराईमा विताएर असारमा नेपाल आएका थिए । एक महिनाको लामै विदा थियो । उनी एक महिनासम्म श्रीमती छोरा–छोरीसँग खुशीसाथ विताए । साथमा १२ बर्षका छोरा र ७ बर्षकी छोरीपनि थिइन् । श्रीमती हासिखुशी नै थिइन् । तर के थाहा उनलाई सामाजिक सञ्जाल फेसबुकमा श्रीमती दिन रात अरुसँगै सल्किरहेकी छिन् ।

उनी श्रीमतीको खुशीमा रमाइरहेका कारण त्यो फेसबुके कर्तुत तर्फ कुनै शंका नै गरेनन् । १० बर्षसम्म कमाएको १२ तोला सुन र १५ लाख रुपैया पैसा घर बनाउनेगरी साँचेर बैकमा राख्न उनै श्रीमतीलाई थमाई सकेका थिए । अबको छुट्टीमा घर आएपछि सुविधासम्पन्न घर बनाउने योजना थियो ।
सबै जिम्मा लगाएर यही साउनको ३० गते उनी फेरी अरबी मुलुक साउदी उढे । उनी उढेको भोली पल्टै ती नावालक छोरा–छोरीलाई एक्लै छोडेर उनी फेसबुकमा प्रेममा परेका अन्जान पुरुषसँग भागिन् । धन दौलत सबै उनैले कुम्ल्याइन् । यो खबर सुन्दा ती साउदीको तातो घाममा पसिना बगाईरहेका गणेश थापा मगरलाई कस्तो भएको होला ।
बेपत्ता भएकी उनकी श्रीमती गंगा मगर गोरखाको एक अन्जान व्यक्तिसँग बिबाह गरेको आफन्तले सुईको पाए । उनी काठमाडौको बालाजुमा बस्ने एक युवकसँग विवाह गरेको अवस्थामा फेला परिन् । उक्त उजुरी धादिङ्गको जिल्ला प्रहरी कार्यालयमापनि दिइएको छ । भदौ २ गते दिइएको निवेदनमा प्रहरीले कुनै पहल नगरेपछि उनका आफन्त आफै बालाजु आएर खोजी गरे । नभन्दै दुबै जनालाई बालाजुको एक घरमा फेला पारे । त्यसपछि महानगरीय प्रहरी प्रभाग बालाजुमा प्रहरीलाई खबर गरे । प्रहरीपनि पुग्यो । तर उनीहरुलाई पक्राउ गर्न सकेन । कुनै पक्राउ पुर्जी नभएका कारण पक्राउ गर्न नसकेको फिल्डमै पुगेका बालाजु प्रहरीका प्रहरी हवल्दार मोहन बहादुर बमले बताए ।

प्रहरीले समेत आलटाल गरिदियो । प्रहरी पुगेर समेत उनीहरुलाई सामान्य सोधपुछका लागि समेत नलिएपछि उनीहरुको मनोवल बढेको छ । यदि उनीहरु फरार भएभने जीजभर कमाएको सम्पत्ति स्वाहा हुनेछ । समाजमा भएका यस्ता घटनामा प्रहरी समेत दर्शक मात्र बनिरहेको छ । उनका भिनाजुले भने हिँजो रातिसम्म हामीले त्यही घेरा हालेर बस्यौ । साँझ भएकाले प्रहरीले कार्यालयबाट कुनै पक्राउ पुर्जी पत्र बनाउन सकेन । आज शनिबार भएकाले विदा भन्दै प्रहरी आलटाल गरिरहेको छ । हामी पिडित आक्रोशमा आएर केही तलमाथी भयो भने राज्यको प्रशासन यस्तो अवस्थामा के गर्छ ? पिडामा छौ अझै प्रहरी साथ दिन सक्दैन अन्यौलमा छौ । उनले गुनासो गरे । साउदीदेखि रुँदै जनबोलीलाई गणेशले फोन गरे । मेरो आत्मा जाओस् म त्यसलाई छोड्दिन । मेरो जीवन रगत र पसिनाले साटेको धनमाल दुधे बालकको मुखबाट खोस्ने त्यसलाई प्रहरीले पक्राउ गर्न सक्दैन भने म छोड्दिन उनले भने ।

धादिङ्ग प्रहरीसँग समन्वय गर्दै गर्दा समय वित्यो । अन्तिममा सोधपुछ गर्न भनेर दुवैलाई लगियो । तर यो मुद्धा फौजदारी हुने वा देवानी हुनेमा प्रहरी नै अन्यौलमा छ । महानगरीय प्रहरी प्रभाग बालाजुका प्रमुख (प्रहरी नायव उपरीक्षक) चिरन्जीबी कोइरालाले धादिङ्गबाट निवेदनको पूर्ण जानकारी आएपछि मात्र यसबारे कार्बाही प्रक्रिया अघि बढ्ने जानकारी दिए । घटनाको कहानी सुन्दै अनौठो लाग्छ । अब यस्तो समाजमा देखिएका यो खाडल कसरी पुर्ने सबैका लागि चिन्ताको विषय बनेको छ । सचेतनाका लागि पढिसकेपछि सक्दो सेयर गर्नुहोला । janaboli बाट







