भीमदत्तनगर । बालिका निर्मला पन्तकाे हत्या प्रकरणमा भीमदत्त नगरपालिकाका प्रमुख (मेयर)ले घटनाकाे महिनादिन बित्न लाग्दा बल्ल मुख खाेलेका छन् । मेयर सुरेन्द्र विष्टले निर्मला पन्तकाे बलात्कारपछि भएकाे हत्या प्रकरणमा अाफ्नै मान्छे पनि कारबाही हुनुपर्ने बताएका छन् ।

महिनादिनसम्म रहस्यमयी बनेकाे घटनाका कारण सिर्जित अान्दाेलनले उग्र रूप लिएपछि शुक्रबार प्रहरीकाे गाेलीबाट एक किशारकाे ज्यान नै गएकाे छ भने दर्जनबढी घाइते भइसकेकाछन् । यति हुन्जेलसम्म मेयरले खासै वास्ता नगरेकाे र घटनाकाे सत्यतथ्य अनुसन्धानमा पहल नगरेकाे अाराेप लागिरहेका बेला मेयर विष्टले दाेषी पत्ता लगाएर हदैसम्मको कारवाही हुनुपर्ने बताएका हुन् ।

घटनामा मुछिएकाे बम दिदीबहिनीकाे घर स्थानीयकाे शंकाकाे घेरामा परेकाे र साे घरमा मेयर विष्टका भतिजा तथा एसएसपी डिल्ली विष्टका छाेरा अाउजाउ गरिरहने गर्दथे भन्ने समाचारहरू बाहिर अाएपछि उनले मुख खाेलेका हुन् । मेयर विष्टले आफ्नै परिवारका सदस्य घटनामा संलग्न रहेकाे पाइए पनि नछाड्ने र कडा कारबाही गरिनुपर्ने बताएका छन् । घटनामा अाफू र अाफ्नाे परिवारलार्इ समेत एसएसपी विष्टसँगै जाेडेर समाचार अाइरहनु दुःखद रहेकाे बताउँदै उनले एसएसपी विष्टसँग अाफ्नाे कुनै मिलेमताे नरहेकाे पनि प्रष्ट पारेका छन् ।

अाक्राेशित स्थानीयकाे भीडले मेयर विष्टकाे घरमा समेत ताेठफाेड गरेका थिए । स्थानीयले सरूवा गरिएका एसएसपी विष्टकाे भूमिकामाथि शंका गरेका थिए । मेयर विष्टले समेत प्रहरी प्रशासनले अाफूसँग समन्वय समेत नगरेकाे दाबी गरेका छन् ।

http://www.news24nepal.tv

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार