काठमाडौं । कञ्चनपुरको घटना सेलाउन नपाउँदै फेरि पोखरमा १४ वर्षिया वालिकाको बलात्कार पछि हत्या भएको अनुमान गरिएको छ। वालिका पुष्पा केसी घरबाट हराएको तीन दिनपछि मृत फेला परेकी छन् ।
बिहिबारदेखि हराइरहेकी पोखरा– १९ लामौचारकी वालिका केसीको शव सोही वडाको फापरतरोको झाडीमा फेला परेको वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक दुर्गाप्रसाद श्रेष्ठले जानकारी दिए ।
विद्यालयको बसले करिब बिहीबार साढे ४ बजे छाडेपनि उनी घर पुगेकी थिइनन्। बिहीबार साँझबाटै परिवार, स्थानीय र प्रहरीले उनको खोजी तिब्र पारेका थिए । उनको झोला भेटिएको र शव भेटिएको स्थान हेर्दा बलात्कार पछि हत्या हो कि भन्ने आफन्तजनले आशंका गरेका छन् ।
प्रमुख प्रहरी श्रेष्ठले उनले घटनाको अनुसन्धान भइरहेको बताए । वालिका शुक्रबार साँझ मृत फेला परेको प्रहरीकी हुन ।
प्रहरी स्राेतका अनुसार गृहमन्त्री राम बहादुर थापाले जिल्लामा शान्ति बनार्इ राख्न कानुनले ताेकेकाे अधिकार प्रयाेग गर्न निर्देशन दिएका छन्।







