काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा गृहमन्त्री राम बहादुर थापाको विषयलार्इ लिएर प्रधानमन्त्री लगायत नेकपाका वरिष्ठ नेताहरुबीच छलफल भएको स्रोतले जनाएको छ।

छलफलमा सहभगी एक नेताका अनुसार गृहमन्त्री पद थापाले सम्हालेदेखि देशभरि नै शुरक्षा लगायत शान्ति ब्यवस्था खलबलिएको छ।

थापा गृहमन्त्री पद सम्हालेदेखि देशभरि नै घटनाले पनि तिब्रता पाएको प्रहरीकै तथ्याङ्कले देखाइरहेको छ।

यसरी प्रहरीको तथ्याङ्कले घटनाको विवरण बढेको बढेपछि गृहमन्त्री थापाको कार्यक्षमतामाथि प्रश्न खडा भएको छ।

केही दिन अघि गृहमन्त्री थापाको कार्यक्षमतामाथि नेकपाकै सांदद निरु पालले संसदमै प्रश्न उठाएकी थिइन्।

स्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीले गृहमन्त्री पदबाट थापालार्इ हटाउने निर्णयमा पुगेका छन्। तर प्रचण्ड भने त्यसमा सहमति देखाएका छैन्। नेकपाका अधिकांस पूर्व एमालेका नेता गृहमन्त्री थापालार्इ हटाउने पक्षमा रहेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार