काठमाडौं । कञ्चनपुरको पुरै शुरक्षा युनिट फेरिएपछि नयाँ आएका प्रहरी प्रमुखले हत्या प्रकरणको अनुसन्धान नयाँ शिराबाट गर्ने तयारी भइरहेको बताएपछि उग्र आन्दोलन राेकिएकाे संकेत देखिए पनि नेकपा नेता भीम रावलका कारण भएकाे अान्दाेलनमा दुर्इ बालककाे ज्यान गएपछि गृहमन्त्री राम बहादुर थापाले रावललार्इ यसरी किन अभिब्यक्ति दिएकाे अक्राेशित हुँदै साेधेका छन्।

स्राेतका अनुसार गृहमन्त्री थापाले नेता रावललार्इ विना प्रमाण यसरी अभिब्यक्ति दिएपछि थर्काएझै गरेका छन्।

बिहिबार कञ्चनपुर प्रहरीको नेतृत्व सम्हाल्न भीमदत्तनगर आइपुगेका एसपीले आन्दोलनरत सबै पक्षको राय सुझाव लिने र उच्च प्राथमिकताका साथ घटनाको अनुसन्धान थालिने बताए पनि नेता भीम रावलकाे अभिब्यक्तिका कारण फेरि कञ्चनपुर काे अवस्था तनावग्रस्त भएकाे छ। भएकाे अान्दाेलनमा एक बालककाे ज्यान गएकाे छ । ज्यान जानेमा मृत्यु हुनेमा १४ बर्षिय शनी खुना रहेका छन् ।

बलात्कारपछि हत्याको घटनामा दोषीलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाएको छ ।

कञ्चनपुरकी १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा दोषी उम्काउन खोजेको भन्दै प्रशासन कार्यालय अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले शुक्रबार पनि गोली चलाएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टले गोली चलेको पुष्टि गरे । प्रहरीले गोली लागेर प्रहारबाट १ जनाको मृत्यु भएको छ । ३ जना गम्भीर घाइते भएका छन् ।

निर्मला पन्तको हत्या प्रकरणमा एमाले नेता भीमबहादुर रावलले दिएको अभिव्यक्तिको बिरोध गर्दै नेपाल विद्यार्थी संघले शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको अगाडि प्रदर्शन गरेको हो ।

नेता रावलले कांग्रेसले निर्मला हत्याकाण्डको मुद्दालाई राजनीतिसँग जोडेर आन्दोलन गरिरहेको बताएको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार