काठमाडौं । कञ्चनपुरको पुरै शुरक्षा युनिट फेरिएपछि नयाँ आएका प्रहरी प्रमुखले हत्या प्रकरणको अनुसन्धान नयाँ शिराबाट गर्ने तयारी भइरहेको बताएपछि उग्र आन्दोलन राेकिएकाे संकेत देखिए पनि नेकपा नेता भीम रावलले दिएकाे अभिब्यक्तिका कारण अान्दाेलन फेरि उग्र बन्दै‌ गइरहेकाे छ।

उक्त उग्र अान्दाेलन साम्य पार्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अकास्मिक बैठक बाेलाउँदै बिभिन्न निर्णय गरेकाे छ । निर्मला पन्तका दोषी पत्ता लगाउन र हत्यारालाई कारबाही गर्न सत्तारुढ दल नेकपाले सरकारसँग माग गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको सचिवालयको आकिस्मक बैठकले कञ्चनपुर घटनाको विशेष अनुसन्धान गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकमा मुलुकको शान्ति सुरक्षा दिन प्रतिदिन विग्रदै गएको भन्दै चिन्ता समेत जनाएको थियो । कञ्चनपुर घटनामा सरकार कठोर रुपमा प्रस्तुत हुन थालेपछि स्थानीयले जोडदार रुपमा प्रतिवाद गरेका थिए । स्थानीय जनताको प्रतिवाद भएपछि बाध्य भएर कम्युनिस्ट सरकार र नेकपा झुक्न बाध्य भइ बलत्कारीलाई पत्तालगाएर कारबाही गर्ने पक्षमा पुगेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार