कञ्चनपुर की १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटना सेलाउन नपाउँदै पोखरामा त्यस्तै घटना भएको छ ।बिहिबारदेखि हराइरहेकी पोखरा १९ लामौचारकी एक बालिका मृत फेला परेकी छन्। विन्ध्यवासिनी मावि बटुलेचौरमा कक्षा ६ मा अध्ययनरत बालिका मृत फेला परेकी हुन् ।

१३ बर्षिया पुष्पा केसी बिहीबार विद्यालयबाट फर्किए देखी नै हराएकी थिइन् । विद्यालयको बसले करिब साढे ४ बजे छाडेपछि उनी घर पुगिनन् । घर नपुग्दै तरकारी किनेर लानु छ भन्दै नजिकै बसबाट झरेकी पुष्पा शुक्रबार फापरतरोको झाडीमा मृत भेटिएकी हुन् ।

उनले लगाएको स्कट खोलिएको, भुईहरु चिथरेको, लगाएको जुत्ता र स्कुल ब्याग केही माथि भेटिएको थियो । उनको घर पोखरा १९ जिमेरे देखी करिब साढे दुई किलोमिटर पर शव भेटिएको हो । घटनाको प्रकृति उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।उनको शवलाई पोष्टमार्टमको लागी पोखरा स्वास्थ्य बित्रान प्रतिष्ठान अस्पताल पोखरा लगिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार