निर्मला पन्तको जस्तो नियति कसैले भोग्नु नपरोस्, हत्यारालाई कठघरामा उभ्याएर हदै सम्मको कारवाही गरियोस् । हाम्रा आमा, दिदीबहिनी, छोरी चेलीले यो समाजमा निर्धक्क र सुरक्षित भएर बाँच्न पाउने न्याय र अधिकारको लडाइँमा मेरो सधैँ साथ, समर्थन र सहयोग रहनेछ ।
काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले निर्मला पन्तको हत्यामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरेका हुन्।
भट्टराईले आजले बिहान ट्वीट गर्दै निर्मला पन्तको जस्तो नियति कसैले पनि भोग्नु नपरोस् गर्दै, हत्याराका दोषीलाई कठघरामा उभ्याएर हदैसम्मको कारबाही गरियोस् भन्ने माग गरेका छन्।
साथै उनले ट्वीटमा लेखेका छन्, निर्मला पन्तको जस्तो नियति कसैले भोग्नु नपरोस्, हत्यारालाई कठघरामा उभ्याएर हदै सम्मको कारवाही गरियोस् । हाम्रा आमा, दिदीबहिनी, छोरी चेलीले यो समाजमा निर्धक्क र सुरक्षित भएर बाँच्न पाउने न्याय र अधिकारको लडाइँमा मेरो सधैँ साथ, समर्थन र सहयोग रहनेछ।







