कञ्चनपुर, ९ भदौ / १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शनिबार बिहान प्रहरीले निर्मला पन्तको साथी रोशनी बम र उनकी दिदी अनिता बमलाई आफ्नै घरबाट पक्राउ परेका हुन् ।

जिप्रका अनुसार उनीहरुलाई शनिबार बिहान नियन्त्रणमा लिइएको र घटनामा संलग्न भए नभएको बारेमा अनुसन्धान चलाइएको छ । अनुसन्धान पछि मात्रै हिरातमा राख्ने नराख्ने निर्णय हुने जिप्रकाका डिएसपी कृष्ण ओझाले जानकारी दिए ।

अनिताले बलात्कारीलाई लुकाएको भन्दै स्थानीयले बिहीबार बेलुकी उनको घरमा तोडफोड समेत गरेका थिए । रोशनी निर्मलाकी साथी हुन् । उनको घरबाट पढेर फर्कँदै गर्दा ११ गते निर्मलाको उखुबारीमा बलात्कारपछि हत्या भएको थियो ।

कञ्चनपुर, ९ भदौ / १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शनिबार बिहान प्रहरीले निर्मला पन्तको साथी रोशनी बम र उनकी दिदी अनिता बमलाई आफ्नै घरबाट पक्राउ परेका हुन् ।

जिप्रका अनुसार उनीहरुलाई शनिबार बिहान नियन्त्रणमा लिइएको र घटनामा संलग्न भए नभएको बारेमा अनुसन्धान चलाइएको छ । अनुसन्धान पछि मात्रै हिरातमा राख्ने नराख्ने निर्णय हुने जिप्रकाका डिएसपी कृष्ण ओझाले जानकारी दिए ।अनिताले बलात्कारीलाई लुकाएको भन्दै स्थानीयले बिहीबार बेलुकी उनको घरमा तोडफोड समेत गरेका थिए । रोशनी निर्मलाकी साथी हुन् । उनको घरबाट पढेर फर्कँदै गर्दा ११ गते निर्मलाको उखुबारीमा बलात्कारपछि हत्या भएको थियो ।
halesinews बाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार