कञ्चनपुर । कञ्चनपुरमा बसेको सर्वदलीय बैठकले हिजो प्रहरीको गोली लागेर मृत्यु भएका सनी खुन्हालाई शहीद घोषणा गर्न पहल गर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको सर्वदलीय बैठकले घटनाको यथोचित छानविन गर्ने जनाउँदै मृतक खुन्हाको परिवारलाई उचित राहत दिन र शहीद घोषणा गर्न पहल गर्ने निर्णय गरेको हो । चार वटा मुख्य निर्णय गरेको बैठकले आन्दोलनका क्रममा बल प्रयोग गर्नेमाथि कारवाहीको प्रक्रिया अघि बढाउने समेत निर्णय गरेको छ ।

त्यसैगरी, घाइतेको निशुल्क उपचार र अशक्त भएका व्यक्तिलाई जीविकोपार्जनका लागि राहत प्रदान गर्न समेत पहलन गर्ने बैठकले निर्णय गरेको छ । बैठकमा राजनीतिक दल, नागरिक समाज, विभिन्न सङ्घ संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता थियो ।

आन्दोलनका कारण स्थिति जटिल बनेपछि प्रशासनले शुक्रबार राति ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाइएको छ । आन्दोलनका कारण विगत पाँच दिनयता कञ्चनपुरको बजार, यातायात, शिक्षण संस्थालगायत बन्द छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार