नेकपा क्रान्तिकारी माअाेवादीका वरिष्ठ नेता सिपी गजुरेल गौरवले २० वर्ष शासन चलाउँछु भन्ने अाेली प्रचण्ड नेतृत्वकाे नेकपाको सरकार दुई बर्ष नवित्दै धराशायी भएको बताएका छन् ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय अध्यक्ष समेत रहेका गजुरेलले आज नवलपरासीको कावासोतीमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल नवलपुरको पहिलो जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेता गजुरेलले यस्तो बताएका हुन् ।

गजुरेलले यो सरकारले लगाएका अस्वभाविक करहरुको विरुद्ध जनता आफै आन्दोलनमा उत्रिएकोले यो सरकार आफै धरासायी भएको बताए । उनले जनताको पक्षमा अरु कसैले आन्दोलन नथालेपनि देशभक्त जनगणतान्त्रिक मोर्चाले आन्दोलन थाल्ने चेतावनी दिए ।

अध्यक्ष गजुरेलले प्रचण्डले माओवादी केन्द्रलाई एमालेमा विलय भएको आरोप लगाउंदै एमालेमा विलय हुन नचाहाने माओवादी केन्द्रका नेता कार्यकर्ताहरु क्रान्तिकारी माओवादीमा आउन चाहेको दावी गरे । नेता गजुरेलले भने, “हामी सबैलाई भेडाबाख्रा हुलेझैं ल्याउन चाहान्नौं । त्यहाँभित्र रहेका राम्रालाई मात्र ल्याउँछौं ।”

अध्यक्ष गजुरेलले सम्मेलनलाई सम्बोधन गर्दै गोपाल किराती नेतृत्वको माओवादी केन्द्र र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीसंग एकताका लागि छलफल भईरहेको पनि बताए । कार्यक्रममा क्रान्तिकारी माओवादीका ४ नं. प्रदेश सचिव श्याम, जिल्ला इन्चार्ज एवम् प्रदेश सहसेक्रेटरी अनुकुल, हरिहर गजुरेल, उत्तम थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम टिकाराम काफ्लेको सञ्चालनमा भएको थियो ।

कावासोतीमा भएको सम्मेलनको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय अध्यक्ष सिपी गजुरेल गौरवले उद्घाटन गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार