कञ्चनपुर घटनाकाे गाेली काण्ड लगायत देशभरि भइरहेकाे घटनाकाे पछिल्लाे अवस्थालार्इ लिएर प्रधानमन्त्री केपी शर्मा अालीले गृहमन्त्री पदबाट राम बहादुर थापालार्इ हटाउने तयारीमा जुटेका छन।

स्राेतका अनुसार गृहमन्त्री पद थापाले सम्हालेदेखि देशमा दिन प्रति दिन घटनासमेत बढीरहेकाे भन्दै प्रधानमन्त्री अाेलीले यही विषयलार्इ मुद्दा बनार्इ थापालार्इ पदबाट हटाउने तयारीमा जुटेका हुन्।
थापाले गृहमन्त्री पद सम्हालेपछि विभिन्न क्षेत्रका सिन्डीकेट हटाउनलार्इ ठुलाे कमद चालेपनि प्रम अाेलीले त्यसलार्इ नजर अन्दाज गरेर हत्या, बलात्कार र अपहरण लगायतका घटनालार्इ मात्र मुद्दा बनाएर नेकपाका नेताहरुबीच छलफल गरिरहेका छन्।
स्राेतका अनुसार गृहमन्त्री पदबाट थापालार्इ हटाउन अधिकांस नेताहरुले सहमति समेत जनाइ सकेका छन्। थापालार्इ पदबाट हटाउने प्रम अाेली अन्तिम तयारीमा रहका छन्।
स्राेतका अनुसार अाेली र प्रचण्डबीच बादललार्इ हटाउने बारे छलफल भएकाे छ । दुवै अध्यक्षबीच गृहमन्त्री पदबाट थापालार्इ हटाउने सहमति लगभग भइसकेकाे स्राेतकाे दाबी छ। तर दुवै अध्यक्षबीच गृहमन्त्री पदबाट थापालार्इ हटाएपछि कसलार्इ गृहमन्त्री बनाउने भन्ने कुरामा भने सहमति हुन सकेकाे छैन।
प्रम अाेलीले रक्षामन्त्री इश्वर पाेाखरेललार्इ गृहमन्त्री बनाउने तयारीमा छन भने प्रचण्ड अाफ्नै लाइनका नेता मध्ये एक नेतालार्इ गृहमन्त्री बनाउने अडानमा छन्। स्राेतका अनुसार प्रचण्ड पुर्व गृहमन्त्री जनर्दन शर्मालार्इ गृहमन्त्री बनाउने अडानमा रहेका छन्।







