रौतहट । रौतहट जिल्लाको गौरनगरपालिका–४ मा पर्ने लालबकैया खोलाको टिकुलीयाघाटमा आज साँझ डुङ्गा दुर्घटना भएको छ । स्थानीयका अनुसार डुङ्गामा ३५ देखि ४० जना सवार थिए । खोला पार गर्ने क्रममा डुङ्गा पल्टिँदा त्यसमा सवार धेरै यात्रु बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी उपरीक्षक केदार ढकालको नेतृत्वमा गएको टोलीले १५ जनालाई उद्धार गरेको छ । प्रहरी उपरीक्षक ढकालका अनुसार खोलामा पानी सतह बढेका कारण अनियन्त्रित भई डुङ्गा पल्टिएको थियो । अन्य बेपत्ताको खोजी कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो ।

डुंगामा ४० जना सवार थिए । उनीहरु मध्ये ३० जना अझै वेपत्ता छन् । १० जनाले पौडिएर ज्यान जोगाएका छन् । यद्यपि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन । औरहियाबाट गौरतर्फ आउँदै गरेको डुंगा पुल र्निर्माणका लागि बनाइएको पिल्लरमा ठोक्किएर दुर्घटना भएको हो । प्रहरीका अनुसार डुंगा नै फुटेको छ । अहिले प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली उद्दारमा जुटेको छ । तर, खोलामा बाढी आएको र रात परेकाले उद्दारमा समस्या भएको उनीहरुले बताए ।janaboli बाट

https://www.youtube.com/watch?v=u8NIAhQ9kUE

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार