रौतहट । रौतहट जिल्लाको गौरनगरपालिका–४ मा पर्ने लालबकैया खोलाको टिकुलीयाघाटमा डुङ्गा दुर्घटना भएको छ । स्थानीयका अनुसार डुङ्गामा ३५ देखि ४० जना सवार थिए । खोला पार गर्ने क्रममा डुङ्गा पल्टिँदा त्यसमा सवार धेरै यात्रु बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी उपरीक्षक केदार ढकालको नेतृत्वमा गएको टोलीले १५ जनालाई उद्धार गरेको छ । बाँकी अझै बेपत्ता रहेको र खोजी कार्य जारी रहेको जनाइएको छ । प्रहरी उपरीक्षक ढकालका अनुसार खोलामा पानी सतह बढेका कारण अनियन्त्रित भई डुङ्गा पल्टिएको थियो । अन्य बेपत्ताको खोजी कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो । प्रहरी र स्थानीयले रातभरी खोजी कार्य जारी राखे । मध्यरातका केही भावविह्ल तस्विरहरु

https://www.youtube.com/watch?v=DWGxcorwSLU

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार