कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा बिहान ५ बजेदेखि १० बजेसम्मका लागि हटाइएको कर्फ्यु पुनः सुरु भएको छ । शनिबार साँझ बसेको जिल्ला सुरक्षा समिति कञ्चनपुरको बैठकले रक्षाबन्धनलाई मध्य नजर गर्दै पाँच घण्टाका लागि कर्फ्यु हटाइएको थियो ।
कर्फ्यु हटेपछि चहलपहल बढेको महेन्द्रनगर बजार पुनः सुनसान भएको छ । १३ बर्षीया निर्मला पन्तको बलात्कारपछि भएको हत्यालाई लिएर कञ्चनपुरको महेन्द्रनगर दिनानुदिन तनावग्रस्त बन्दै गएपछि प्रशासनले कफ्र्यु लगाएको थियो ।
पन्त हत्या प्रकरणमा प्रहरीले घटनाको २५ दिनपछि मुख्य अभियुक्तको रुपमा दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर विष्ट मानसिक सन्तुलन गुमाएको व्यक्ति भएको भन्दै घटनामा संलग्न भएका वास्तविक अपराधीलाई प्रहरीले बचाउ गरेको आरोप स्थानीयले लगाउदै आएका छन् ।
महिनादिनपछि मुख खाेले मेयरले, दाेषी अाफ्नै मान्छे भए पनि कारबाही गर्ने भनाइ
भीमदत्तनगर । बालिका निर्मला पन्तकाे हत्या प्रकरणमा भीमदत्त नगरपालिकाका प्रमुख (मेयर)ले घटनाकाे महिनादिन बित्न लाग्दा बल्ल मुख खाेलेका छन् । मेयर सुरेन्द्र विष्टले निर्मला पन्तकाे बलात्कारपछि भएकाे हत्या प्रकरणमा अाफ्नै मान्छे दाेषी भए पनि कारबाही हुनुपर्ने बताएका छन् ।
महिनादिनसम्म रहस्यमयी बनेकाे घटनाका कारण सिर्जित अान्दाेलनले उग्र रूप लिएपछि शुक्रबार प्रहरीकाे गाेलीबाट एक किशाेरकाे ज्यान नै गएकाे छ भने दर्जनबढी घाइते भइसकेका छन् । यति हुन्जेलसम्म मेयरले खासै वास्ता नगरेकाे र घटनाकाे सत्यतथ्य अनुसन्धानमा पहल नगरेकाे अाराेप लागिरहेका बेला उनले दाेषी पत्ता लगाएर हदैसम्मको कारबाही हुनुपर्ने बताएका हुन् ।
घटनामा मुछिएकाे बम दिदीबहिनीकाे घर स्थानीयकाे शंकाकाे घेरामा परेकाे र साे घरमा मेयर विष्टका भतिजा तथा एसपी डिल्ली विष्टका छाेरा अाउजाउ गरिरहने गर्दथे भन्ने समाचारहरू बाहिर अाएपछि उनले मुख खाेलेका हुन् । मेयर विष्टले आफ्नै परिवारका सदस्य घटनामा संलग्न रहेकाे पाइए पनि नछाड्ने र कडा कारबाही गरिनुपर्ने बताएका छन् । घटनामा अाफू र अाफ्नाे परिवारलार्इ समेत एसपी विष्टसँगै जाेडेर समाचार अाइरहनु दुःखद रहेकाे बताउँदै उनले एसपी विष्टसँग अाफ्नाे कुनै मिलेमताे नरहेकाे पनि प्रष्ट पारेका छन् ।
अाक्राेशित स्थानीयकाे भीडले मेयर विष्टकाे घरमा समेत ताेडफाेड गरेका थिए । स्थानीयले सरूवा गरिएका एसपी विष्टकाे भूमिकामाथि शंका गरेर उनलार्इ समेत छानबिनकाे दायरमा ल्याउन माग गरिरहेका छन् । मेयर विष्टले समेत प्रहरी प्रशासनले अाफूसँग समन्वय समेत नगरी गाेली चलाएकाे दाबी गरेका छन् ।
सम्बन्धित
निर्मला हत्या प्रकरण : अनुसन्धानमा खटिएका प्रहरीमाथि पनि छानबिन हुने, समतिले थाल्याे अनुसन्धान
निर्मला हत्या प्रकरण : शंकास्पद सबैलाई पक्राउ गरी निष्पक्ष छानबिन गर्ने नेकपाको निर्णय
कञ्चनपुर घटनामा ‘केही तत्त्व’ले खेलेकाे मन्त्रीपरिषदकाे निष्कर्ष, दाेषी पत्ता लाउने प्रतिबद्धता
निर्मला हत्या प्रकरणः १४ वर्षीय किशोरको मृत्युपछि अनिश्चितकालीन कर्फ्यू जारी
निर्मला हत्या काण्ड : स्थानीय विरोधमा उत्रेपछि कन्चनपुर प्रहरीको जिम्मा एसएसपीलाई
नक्कली बलात्कारी खडा गरेको बिषयमा प्रहरी र निर्मलाका बुबा लाईभ/गोविन्द तिवारी अझै ठग्दै ! (भिडियोसहित)
निर्मला हत्याको नखुलेको पाटोः दिलिपको त्यो सर्ट
निर्मला हत्याकाण्डकाे नयाँ रहस्य बाहिरियो, पक्राउ परेका दीलिपको मानसिक सन्तुलन ठीक नभएको स्थानीयको आरोप
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछिको हत्याः पुरुषत्वप्रतिकै चरम घृणा (भिडियोसहित)
https://www.youtube.com/watch?v=ifSaZGRA_XE







