केन्द्रमा अाेली सरकारले भटाभट विप्लव नेकपाका नेताहरू गिरफ्तार गरेर राज्यअातंक सिर्जना गरिरहेकाे बेला माअाेवादी जनयुद्धकाे उदगम थलाे राेल्पामा नेकपाले शक्ति प्रदर्शन गरेकाे छ ।

अाेली सरकारकाे दमनलार्इ प्रतिराेध गर्ने चेतावनीसहित राेल्पामा विप्लव नेकपाका युवाहरूले राताे मार्चपास गरेका छन् । चार महिना संगठन सुदृढीकरण तथा विस्तार अभियानअन्तर्गत नेकपाले अाइतबार राेल्पामा सयाैं युवाकाे सहभागितमा अभियान शुरू गरेकाे छ ।

राेल्पाकाे पश्चिममा पर्ने जहाँ वर्तमान उर्जा मन्त्री समेत रहेका वर्षमान पुन अनतन्तकाे गाउँ क्षेत्र रहेकाे ठाउँमा नेकपाका युवाहरूले शक्ति प्रर्दशन गरेका छन् ।

राज्य दमन बन्द गर, प्रतिराेध संघर्षलार्इ अगाडि बढाउँ भन्ने नारासहित ब्यानर बाेकेर नेकपाका कार्यकर्ताहरू अभियानमा हिडेका छन् । जुन अभियानकाे नेतृत्व नेकपाकी केन्द्रीय सदस्य सम्झना घर्तीले गरेकी छिन् ।

याे अभियानले अाेली सरकारकाे राज्य अातंकलार्इ चुनाैती दिन ठूलाे भूमिका खेल्ने याेंग रेड फाेर्स राेल्पाका नेताहरूले बताएका छन् । नेकपाकाे याे अभियान शुरू भएपछि जनयुद्धलार्इ धाेका दिने प्रचण्डका नेताहरू निकै अत्तालिएकाे बुझिएकाे छ ।

रोल्पामा विप्लव नेकपाले शुरु गर्यो युवा मार्च

रोल्पामा विप्लव नेकपाले शुरु गर्यो युवा मार्च

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार