जनअधिकार सराेकार समितिका अध्यक्ष एकराज भण्डारीले अाेली सरकारले विप्लव नेकपाका गिरफ्तार नेताहरूमाथि निकै गैर राजनीतिक व्यवहार गरेकाे बताएका छन् ।

विप्लव नेकपाका नेता र कार्यकर्ताहरूमाथि सरकारले दमनकाे बाटाेबाट समाधान निकाल्ने खाेजेले देश गृहयुद्धतिर जान थालेकाेमा भण्डारीले चिन्ता व्यक्त गरेका छन् । एक टेलिभिजनसँगकाे कुराकानीमा भण्डारीले यस्ताे बताएका हुन् ।

जनयुद्धमा अाफ्ना छाेरा समेत गुमाएर जनयुद्धमा कुनैबेला याेगदान समेत गरेका भण्डारी तत्कालीन माअाेवादीकाे काेटाबाट सभासद समेत भएका थिए । अहिले स्वतन्त्र मानवअधिकारवादीकाे रूपमा रहेका भण्डारीले जनयुद्धबाट अाएका नेताहरूले नै दमनकाे बाटाे अख्तियार गरेकाेमा दुख व्यक्त गरेका छन् ।

देशमा जारी द्धन्द्धमा जान थालेकाे देशलार्इ सही राजनीतिक बाटाेबाट समाधानका लागि उचित बाटाे खाेज्ने काम सरकारमा रहेका दलहरूकाे हाे भन्दै भण्डारीले तर सरकार दमनकाे बाटाेमा रहेकाे बताउँछन् ।

एक छुट्टै प्रसँगमा भण्डारीले जबसम्म देशमा अशान्ति, भाेक र अस्त व्यस्तता रहन्छ, त्याे बेलासम्म देशमा अान्दाेलन र क्रान्ति भइरहने बताउँछन् । क्रान्तिलार्इ सही ढंगले समाधान गरेर मात्र देशमा शान्ति बहाली हुने भण्डारीकाे धारणा छ ।

पूर्व माओवादी सभासद् समेत रहेका एकराज भण्डारी पछिल्ला घटनाक्रममाथि टिप्पणी गर्दै भन्छन्, ‘विप्लवले १७ औं हजार रगतको एजेण्डा बोकेका छन् । उनी वास्तवमा क्रान्ति चाहन्छन् ,तर सरकार र गैर जिम्मेवार केही राजनीतिक दलले गर्दा फेरि देशमा द्धन्द्धका सङ्केत देखा परेका छन् ।’

हेर्नुहोस् कुराकानी :

https://youtu.be/W12bsLBZUtw

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार