पोखरा महानगरपालिका-१९ लामाचौरचोककी १३ वर्षीया पुष्पा केसी सुस्त मनस्थितिकी थिइन् । उनी घरबाट विद्यालय र विद्यालयबाट घर भन्दा बाहिर कहिल्यै गइनन् । घर बाहिर जानु परे बुबा वा आमासँगै जान्थिन् । एक-डेढ सय मिटर पर रहेको किराना पसलमा जानु पर्दा पनि बहिनी दिया साथी चाहिथ्यो । तर, शुक्रबार घर नपुग्दै बसबाट झरिन् ।
आमाले टमाटर लिएर आएनू भन्नु भएको छ भन्दै बसबाट झरेकी उनी कहिल्यै फर्किनन् । न टमाटर ल्याइन् न उनी घर फर्किईन् । बरु भोलिपल्ट बेलुका लामाचौर फापरतरोस्थित शैलजा स्मृति पार्कको डिलमुनी झाडीमा शव भेटियो ।
मेरी छोरीको हत्या नै भएको हो, कसैले ललाईफकाई लगेर वलात्कार प्रयास गर्दा नमानेपछि हत्या गरेको हो भन्ने मलाई लाग्छ गोमा
घटना भएको करीब ४ दिन बित्दा पनि पुस्पाको मृत्यु कि हत्या भन्ने खुलेको छैन । onlinekhabar बाट

https://www.youtube.com/watch?v=u8NIAhQ9kUE

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार