कञ्चनपुरमा मारिएका निर्मला पन्त र सनी खुनाको परिवारलाई प्रदेश ७ सरकारले ५/५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
आइतबार कञ्चनपुरको महेन्द्रनगरमा पन्त र खुना परिवारको भेटेर प्रदेश ७ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले ५/५ लाख रुपैयाँ राहत घोषणा गरेका हुन् ।
कञ्चनपुरमा १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको हो भने हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै भएको आन्दोलनमा प्रहरीको गोली लागेर १४ वर्षीय सनी खुनाको मृत्यु भएको थियो ।केन्द्र सरकारले पनि पन्त र खुनाको परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने घोषणा गरेको थियो ।
आइतबार प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री प्रकाश शाह, नेपाल कम्युनिस्ट पार्टीका नेता लेखराज भट्टलगायतका नेताहरु बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घरमा पुगेर परिवारसँग भेट गरेका थिए ।onlinekhabar बाट
https://www.youtube.com/watch?v=N8GwIMD2YoQ







