विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले केही दिनअघि मिडियामा पार्टीकाे नीतिलार्इ चुनाैती दिनेगरी केही पत्रकारहरूले गरेकाे अनैतिक क्रियाकलापकाे जाेडदार रूपमा खारेज गरेकाे छ ।

अाफ्ना पार्टी निकट क्रान्तिकारी पत्रकार संगठनको विषयलाई लिएर केही संचारमाध्ययममा भ्रमपूर्ण समाचार सम्प्रेषण गरिएकाे भन्दै त्यसप्रति आफ्नो पार्टीकाे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेकपाका केन्द्रीय कार्यालय सचिव ध्रुवले  एक प्रेस विज्ञेप्ती जारी गर्दै क्रान्तिकारी पत्रकारिताको महत्वपुर्ण जिम्मेवारी पूरा गर्ने संगठनका केही व्यक्तिहरूले गरेकाे हर्कत अवाञ्छित भएकाे जनाएका छन् ।

सचिव ध्रुवले विज्ञप्तिमा क्रान्तिकारी पत्रकार संगठनका बारेमा बाहिर चलाईएका भ्रामक प्रचारबाट मुक्त हुन र प्रकाश डुम्रेको नेतृत्वमा बनेको टीम नै आधिकारिक भएकोले अन्य सदस्यहरुलाई पनि उनकै नेतृत्वमा गोलबन्द हुन् देशभरी रहेका क्रान्तिकारी पत्रकारहरुलाई आग्रह गरिएका छन् ।

क्रान्तिकार पत्रकारमा रहेका कमल बुढालगायत पत्रकारहरूले पार्टी नीति विपरित गरेकाे हर्कतकाे पनि नेकपाले तीव्र भण्डाफाेर गरेकाे छ ।

विज्ञेप्तीकाे पूरा पाठ –

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार