ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएपछि ओखरपौवा तनावग्रस्त बनेको छ ।
फोहोर बोकेको बा २ ख ६११८ नम्बरको ट्रकले बिहान करिब ५ बजेतिर ककनी गाउँपालिका–१, महालक्ष्मीस्थानका ४९ वर्षीय पदम बलामीको ज्यान लिएपछि ओखरपौवा तनावग्रस्त बनेकाे हाे ।
स्थानीयले अहिले दुवैतर्फका गाडी रोकेर प्रदर्शन गरिरहेका छन् ।
स्थानीयले दोषीमाथि कारबाही तथा क्षतिपूर्तिको माग राखेर प्रदर्शन गरेपछि सवारी आवागमन प्रभावित भएको अाेखरपाैवा प्रहरी चाैकीले जनाएको छ ।
स्थानीयको प्रदर्शनपछि अहिले पासाङल्हामु राजमार्ग भएर आवतजावत गर्ने दुवैतर्फका सवारी लामाे जाममा फसेका छन् ।
ओखरपौवा प्रहरी चौकीका प्रहरी हवल्दार कुवेर राउतले दुई पक्षलाई राखेर समाधान खाेज्ने प्रयासमा प्रहरी लागेकाे जानकारी दिए ।
घटनाको विरोधमा स्थानीयबासीले सडक अवरुद्ध गरेका कारण फोहोर बिसर्जन कार्य समेत प्रभावित भएको छ । काठमाडौंबाट फोहोर बोकेर नुवाकोट पुगेका सबै गाडीहरु काठमाडौंतिर नै फर्किएका छन् ।उक्त घटनापछि काठमाडौंको फोहोर उठ्न पनि बन्द भएको छ । onlinekhabar बाट
https://www.youtube.com/watch?v=N8GwIMD2YoQ







