साउन १५ गते बेलुका नेपाल कम्युनिष्ट पार्टी (ने क पा) की सासंद निरुदेवी पाललाई अज्ञात समूहले पेस्तोल देखाएको घटनाबारे प्रहरी अनुसन्धान जारी छ । घटनाका सम्बन्धमा प्रहरीका विभिन्न निकायसँगै महानगरीय प्रहरी परिसर काठमाडौंले पनि अनुसन्धान गरिरहेको जनाएको छ ।

तत्कालीन एसएसपी विश्वराज पोखरेलले परिसरका एसपी रामदत्त जोशीको संयोजकत्वमा ३ सदस्यीय अनुसन्धान टोली गठन गरेका थिए ।

आफु कोठाबाट दुध किन्न जाँदा आफूमाथि पेस्तोल तेर्स्याएर अज्ञात व्यक्तिले मोवाइल समेत खोसेर लगेको सासंद पालले १६ गते मात्र संसदीय समितिमा खुलासा गरेकी थिइन् ।
तर त्यो राति उनले प्रहरीलाई खबर भने नगरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

ad
प्रहरी स्रोतका अनुसार पालले आफुमाथि भएको घटनाको जानकारी प्रधानमन्त्री ओलीलाई सीधै दिएकी थिइन् । अनुसन्धानमा संग्लन प्रहरी स्रोतले भन्यो,‘‘सत्तासीन दलकै सासंद भएकाले घटनालाई नउछालौं भन्ने उहाँको सोच रहेछ तर प्रहरीलाई खबर भएको भए अपराधी पत्ता लाग्न सक्थ्यो । तर प्रहरीलाई नै घटना लुकाएकाले शंका गर्ने ठाउँ भेटिएको हो ।’’

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीका अनुसार घटनाको अनुसन्धान जारी छ । उनले भने, ‘‘अनुसन्धानका क्रममा घटना घटेकै दखिन्छ, थप अनुसन्धान जारी छ ।’’ संसदीय सुनुवाई समितिमा प्रस्तावित प्रधान न्यायाधीशमा दिपकराज जोशीको विषयमा दलहरु विभाजित भइरहेकै बेला सोही समितिकै सदस्य रहेकी सांसद पालले आफूमाथि आक्रमणको प्रयास भएको बताएकी थिइन् ।

उनले त्यतिबेला भनेकी थिइन्, ‘‘म दुध किन्न बजार गएकी थिएँ । घर फर्कँदा अपरिचित व्यक्तिले बाटो छेके र मेरो कञ्चटमा पेस्तोल तेर्स्याउँदै भोलिको बैठकमा नजानू र बैठकमा गए ‘तेरो बाउ खड्गे’ ले पनि तँलाई जोगाउन सक्दैन भन्दै मेरो मोबाइल पनि लग्यो ।’’
तर सांसद पालले भने लुटिएको भनिएको नम्बर नै प्रयोग गर्दै आएकी छन् । उनले अर्को सिम निकालेर प्रयोग गरेको बताएकी छन् ।

तर घटना सम्बन्धमा अहिलेसम्म न कोही पक्राउ परेको छ न त थप विषय सार्वजनिक भएको छ । सांसद पालले समेत पछिल्लो दिनमा आफूलाई पेस्तोल ताक्ने व्यक्तिको खोजबिन कहाँ पुग्यो भनेर चासो नदिएको प्रहरी स्रोत बताउँछ ।
एकजना प्रहरी अधिकारीले भने,‘‘प्रधानन्यायाधिशकै विषयलाई लिएर हो वा अन्य कारणले धम्की आएको हो, त्यसै भन्न सकिन्न ।’’ baahrakhariबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार