आइतबारदेखि बेपत्ता पोखराकी एक किशोरी फेवातालमा मृत भेटिएकी छन् । मृत भेटिनेमा १८ वर्षीया सुस्मीता लामिछाने रहेकी छन् । आइतबार दिउँसो ४ बजेतिर घरबबाट निस्किएकी पुम्दीभुम्दी स्थित कोदीकी १८ वर्षीया सुस्मीता सोमबार बिहान फेवातालमा मृत भेटिएकी हुन् ।राति १२ बजे साथी र नजिकको दाजुलाई म्यासेज गरेर उनी बेपत्ता भएको बताइए को छ ।

उनको झोला र मोबाइल ड्यामसाइडस्थित फेवा किनारमा भेटिएको थियो । छोरेपाटन उच्च मावि कक्षा १० मा अध्ययनरत लामिछानेको झोला र मोबाइल फेवा किनारमा भेटिएपछि नेपाल प्रहरीको रेस्क्यु टोलीले शव निकालेको हो । उनले फेवातालमा हाम फालेर आत्महत्या गरेको अनुमान गरिए पनि प्रष्ट भइसकेको छैन ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार