रहस्य भित्रको रहस्य ! रविले निकाले यस्तो रहस्य परिवार सम्म फसाउने खेल ( भिडियो सहित )
https://www.youtube.com/watch?v=RaIiLfh-j74
कञ्चनपुर पुगेका रबि लामिछानेले गरे घटना सम्बन्धी यस्तो डरलाग्दो खुलासा ( भिडियो सहित )
साउन १० गते बलात्कार पछि हत्या भएकी कञ्चनपुर भीमदत्त नगरपालिका २ कि निर्मला पन्तको हत्यारा अहिलेसम्म पत्ता लागेको छैन । प्रहरी प्रसासनले हत्या आरोपमा स्थानीय एक युवकलाई सार्वजनिक गरेपनि वास्तविक हत्यारालाई संरक्षण गरी नक्कली अभियुतm खडा गरेको आरोप लागेको छ ।
जनस्तरको निरन्तर दबाब पछि गृहमन्त्रालयले कञ्चनपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई गृहमन्त्रालय फिर्ता बोलाएको छ भने तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज बिष्टलाई निलम्बन गरेको छ । साथै गृहमन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा छानविन समिति निमार्ण गरेको छ । प्रहरी प्रशासन प्रमुख परिर्वतन तथा छानविन समिति गठन भएसँगै घटनाक्रम परिर्वतन भएका छन् । घटनाको दिन निर्मला पन्त पढ्न गएको भनिएकी साथी रोशनी बम र अनिता बमलाई घटनाको ३० आँै दिनमा बल्ल पक्राउ गरिएको छ ।
यो अवधिमा प्रहरीले स्थानीय व्यक्तिहरुलाई प्रहरी कार्यालय लगेर केरकार गरेको थियो । यो बिषयमा स्थलगत रिपोर्टिङका लागि टिभी जर्नलिष्ट रवि लामिछाने सहित न्युज २४ टेलिभिजनको टिम कञ्चनपुरमा छ । २ दिनको स्थलगत रिपोर्टिङका क्रममा निर्मल पन्तको घर परिवार तथा छरछिमेकीहरु प्रहरी प्रसासनसँगै नै त्रसित भएको पाइयो । सोधपुछका लागि भन्दै प्रहरी कार्यालय बोलाएर केन्द्रीय अनुसन्धान व्युरोको टिमले परिवार नै बलात्कार मुद्धामा फस्ने भन्दै धम्की दिएको निर्मलका बुवा यज्ञराज पन्त सुनाउँछन् ।
निर्मला पन्त राति अबेरसम्म घर नफर्कीएपछि परीवारसँगै खोजबिनका लागि हिडेका स्थानीयहरुले प्रहरीबाट सोधपुछका नाममा जबरजस्ती बलत्कार गरेको स्वकार गर्न दबाब दिदै कुटपीट समेत गरेको अनुभव छ । निर्मला पन्तकी साथी रोसनी बमको घर समेत अहिले शंकाको चौघेरामा परेको छ । निर्मला हराएको राति नै उनकी आमा र छिमेकीहरु रोसनीको घरमा खोज्न जाँदा भित्र प्रवेश गर्न नदिएको,प्रहरीले समेत बमको घरमा जान अस्वीकार गरेको तथा भोलिपल्ट निर्मलाको साइकलमात्रै भेटिएको सुचनादिदिदाँ रोशनीकी दिदी अनिता बमले लाश पनि त्यही होला भन्ने रहस्यमय अभिव्यक्ति दिएको स्थानीयको भनाइ छ ।
अहिले बमद्धयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बमद्धयकी आमा पनि घटनाले आफ्नो परिवार आलोचित भएकोमा दुःखी छिन् । आफ्ना छोरीहरु पनि निर्मला पन्त जस्तै भएकाले घटनाको सत्यतथ्य छानबिन गर्न आग्रह गर्छिन । बमको घरमा आक्रोसीत स्थानीयले सामान्य तोडफोड समेत गरेका छन् । घटनाको २५ आँै दिनमा प्रहरीले अभियुतmकारुपमा स्थानीय दिलिपसिह बिष्टलाई सार्वजनिक गर्दा घटनास्थलबाट कण्डमको बट्टा र च्यातिएको कपडाको टुक्रा प्रमाणका रुपमा पेश गरेको थियो । साथै बिष्टले अपराध स्वकार गरेको प्रहरीको दाबी छ ।
तर स्थानीयले एसपी विष्टका छोरा र भिमदत्त नगरपालिकाका मेयरका भतिजालाई समेत छानबिन गर्नुपर्ने माग मुख्यरुपमा उठाएका छन् । यो बिषयमा अहिले कञ्चनपुर जिल्ला सम्हालिरहेको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी कमजोरी भएकै कारण यस अघिका प्रजिअ तथा एसपीलाई परीर्वतन भएको दाबी गर्छन । अनुशन्धानको तीर आफ्नै परीवार प्रति तेर्सीएपछि भिमदत्तत नगरपालिकाका मेयर सुरेन्द्र बिष्ट पनि विवादमा आएका छन् । मेयर बिष्टले घटनामा आफ्नै परीवारका सदस्यको संलग्नता रहेको पुष्टि भएका कारवाही गर्न सहयोग गर्ने बताउँछन् ।
शनिबार मात्रै संघीय सरकारले निर्मला पन्तको परिवार तथा यहि आन्दोलनमा प्रहरीको गोली लागि ज्यान गुमाएका सनि खुनाको परीवारलाइ्र्र्र १०÷१० लाख राहत रकम दिने घोषणा गरेको थियो । साथै आइतबार प्रदेश ७ का आन्तरीक मामिला तथा कानुन मन्त्री प्रकाश साहले निर्मला पन्त तथा सनि खुनाको परीवारालाई भेटि प्रदेश सरकारका तर्फबा ५÷५ लाख राहात रकम दिने घोषण गरेका छन् । जिल्ला सुरक्षा समीतिले पुर्व निर्धारीत कफ्र्यु कम गरेपछि अहिले कञ्चनपुरको जनजीवन सामान्यतर्फ उन्मुख छ ।







