आफ्नै बिद्यार्थीलाई बलात्कार गरेको आरोपमा भारतमा एकजना शिक्षकमाथी निर्घात कुटपिट भएको छ ।
भारतको आन्द्रा प्रदेशका एक शिक्षकलाई आफ्नै बिद्यार्थीमाथी बलात्कार गरेको भन्दै कटुपिट भएको हो । आक्रोशित स्थानीयको समूहले उनलाई निर्वस्त्र बनाएर उनलाई सडकमा परेड समेत खेलाएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।
दुई वर्षअघि आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोप उनीमाथी लागेको छ । पश्चिम गोदावरी जिल्लाका एक पैदलयात्रीले खिचेको भिडियोमा ४० वर्षीय शिक्षक रामबाबुलाई निर्वस्त्र पारेर सडकमा घिसारेको देखिन्छ । रामबाबुले ती छात्रालाई गर्भपतन गर्ने औषधि खुवाएका थिए ।
गर्भवती भएपछि छात्राका अभिभावकले बलात्कारबारे थाहा पाएका थिए । पछिल्लो समयमा शिक्षकको गर्भधारण गरेको बताइएकी छात्रा ब्लिडिङलगायतका गर्भवतीजन्य समस्याबाट पीडित थिइन ।
अंग्रेजीका शिक्षक रामबाबुले दुई वर्षअघि आफ्ना छात्रामाथि दुव्र्यवहार गरेको पीडित र उनीहरूका आफन्तले आरोप लगाएका छन । उनले बलात्कार गरेकामध्ये एक छात्रा गर्भवती भएकी थिइन ।osnepalबाट







