प्रधानमन्त्री अाेलीले सरकारमा ठूलाे हेरफेर गर्ने भएका छन् । उनले वर्तमान मन्त्रीमण्डलमा फेरबदल गर्दै गर्दा गृहमन्त्री बादलकाे पद धरापमा पर्ने भएकाे छ।

प्रधानमन्त्री आेलीले नेकपाका अर्का अध्यक्ष प्रचण्डसंगको गरेको लामो बैठकले मन्त्रीहरुलाई अदलबदल गर्न बाटो खुलेको आेली निकट स्रोतले जनाएको छ ।  यसै क्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई रक्षामन्त्रालयमा पठाएर गृहमन्त्रालयमा ईश्वर पोखरेललाई ल्याउने तयारीले मुर्त रुप लिएको बुझिएकाे छ ।

केही दिन यता कंचनपुरलगायत देशैभरि भइरहेका विकसत घटनाक्रमले सरकारको चाैतर्फी आलोचना सुरु भएपछि आेली प्रचण्डले बालुवाटारमा झण्डै ३ घण्टा लामो अति गोप्य छलफल गरेका थिए ।

कञ्चनपुरमा भड्किएको हिंसा नियन्त्रणमा गृहमन्त्री बादलले स्थितिलार्इ काबुमा राख्न नसकेको भन्दै आेलीले प्रचण्डसामू गुनासो राखेको स्रोतको दावी छ ।

प्रधानमन्त्री आेली बादलको काम कारवाहीमा पहिलेदेखि नै असन्तुष्ट रहेको जनाइएको छ । संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई एयरपोर्बाट फिर्ता ल्याएदेखि नै आेली क्रुद्ध बनेका थिए ।

पछिल्लो समय गृहमन्त्री बादलले फेरि युद्धमा बालसेनाको प्रयोग सम्बन्धी थाइल्याण्डमा हुन लागेको कार्यक्रममा जान लागेका लेलिन विष्टलाई एयरपोर्टबाटै फर्काएपछि सरकारको आलोचना चुलिएको थियो ।

विपक्षी कांग्रेसलाई सडकदेखि सदनसम्म यस्ता कुरालाई मुद्धा बनाएर जनमत आफू तिर केन्द्रित गर्न बादलले सहज वातावरण सिर्जना गरिदिएको आेलीको बुझाई रहेको छ ।

बादलले एकपछि अर्को अलोकप्रिय काम गरेको गुनासो प्रचण्डसामू पोखेका आेलीले बादललाई अाउट गरेर पोखरेललाई इन गर्न लागेका हुन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार