दुई प्रेमी एउटै डोरीमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । घटना हो सिन्धुपाल्चोकको । सिन्धुपाल्चोक प्रहरीका अनुसार मेलम्ची नगरपालिकाको जाजरकोटको छेडागाड नगरपालिका १३ कार्कीगाउँका २३ वर्षका चन्द्रसिंह ठकुरी र मेलम्ची नगरपालिका तालामारङकी १५ वर्षकी फुलमाया तामाङ एउटै रुखमा एउटै डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार ठकुरी ७ महिनाअघि जाजरकोटबाट सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका मानेभञ्ज्याङमा घर निर्माणको काम गर्न आएका थिए भने रुखको बीचभागमा एउटै डोरी र एकै पट्टी फर्किएर झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक परशुराम मल्लका अनुसार अर्को जोडीलाई पक्राउ गरेपछि आत्तिएर आत्महत्या गरेको हुन सक्ने स्थानीयको बुझाइ छ ।

घटनाका विषयमा प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका जोडीले सहमतिमा नै शारीरिक सम्बन्ध राखेको दुवैले स्वीकारे पनि युवतीको उमेर १३ बर्षको मात्रै भएकाले प्रहरीले जबरर्जस्ती करणी अन्र्तगत मुद्दा चलाएर अनुसन्धान प्रक्रिया सुरु गरेका थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार