खानेपानीमन्त्री बीना मगरले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका दोषीलाई कारबाहीको माग गर्दै कञ्चनपुरमा आन्दोलनका क्रममा प्रहरीको गोली लागेका घाइते भएकालाई भेटेकी छन्।

मन्त्री मगरले काठमाडौंको शिक्षण अस्पताल पुगेर सोमबार घाइतेको स्वास्थ्य अवस्थाको जानकारी लिएकी हुन्।

प्रदर्शनका क्रममा गोली लागेर शिक्षण अस्पतालको हाड जोर्नी कक्षमा भर्ना भएका उमेश देउवा र खुट्टामा गोली लागेका अर्जुन भण्डारीलाई मनमोहन कार्डियाक केन्द्रको आइसियूमा राखिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार