भारतको बिहारमा घटेको एक घटनाले विश्वको ध्यान तानेको छ । महिलालाई अमानविय तरिकाले निवस्त्र बनाएर घण्टौँसम्म बजारमा घुमाएको घटनाले विश्वको ध्यान तानेको हो । भारतीय सञ्चार माध्यमका अनुसार घण्टौँपछि ती महिलालाई प्रहरीले उद्धार गरेको थियो ।
१९ वर्षका युवकको हत्यामा संलग्न भएको आरोपमा ती महिलालाई निर्वस्त्र शहर घुमाइएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । उग्र समूहले स्थानीय बासिन्दाका घर तथा गाडीमा आगो लगाइदिएको बिहार प्रहरीले सञ्चार माध्यममा जानकारी दिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको र महिलाको सुरक्षा गर्न नसकेकोमा बिहिया प्रहरी चौकीका प्रमुखसहित केही प्रहरीलाई निलम्बित गरिएको जिल्लाका प्रहरी प्रमुख अवकाश कुमारले बताएका छन् । यो घटनाको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएको छ ।







