कञ्चनपुर । बम दिदीबहिनीलार्इ अदालतले म्याद थप गरेको छ ।
कञ्चनपुरकी १३ वर्षिय निर्मला पन्तको बलात्कारपछि हत्याकाण्डको घटनामा पक्राउ परेका अनिता बम र रोशनी बमलार्इ अनुसन्धान गर्नको लागि अदालतले म्याद थप गरेको हो ।
बम दिदीबहिनीसँग बयान लिनुको साथै अरु पनि अनुसन्धानको काम चलिरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए
२४ वर्षीया महिला सामूहिक बलात्कृत, महिला अर्धचेत अवस्थामा नग्न फेला
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–६ मधेशा हलेसी चोक नजिक शनिबार राति एक महिला बलात्कृत भएकी छिन् ।

शनिबार राति पूर्व पश्चिम राजमार्गको सडकखण्डअन्तर्गत हलेसी चोक नजिक २४ वर्षीया ती महिलाको सामूहिक बलात्कार भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिनुभयो । घटनाको प्रकृति हेर्दा ती महिलाको सामूहिक बलात्कार भएको उहाँले पुष्टि गर्नुभयो ।

मानसिक सन्तुलन ठीक नभएकी ती महिला अर्धचेत अवस्थामा नग्न फेला परेकी थिइन् । महिलालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि विराटनगर पठाइएको प्रहरी नायब उपरीक्षक फुयाँलले बताउनुभयो । नग्न अवस्थामा भेटिएकी किशोरीको शरीरमा लगाउने कपडा केही मिटर वर फेला परेको र कपडा च्यातिएको अवस्थामा भेटिएको स्थानीयवासीले बताएका छन् ।

अर्धचेत अवस्थामा रहेकी ती महिलाको योनीबाट रगत बगेको अवस्थामा भेटिएपछि जिल्ला अस्पताल इनरुवामा उपचारका लागि ल्याइएको र थप उपचारका लागि विराटनगर पठाइएको प्रहरी नायब उपरीक्षक फुयाँलले बताउनुभयो । बलात्कार गरेको आशङ्कामा तीन जना युवालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । news24nepal

https://www.youtube.com/watch?v=RaIiLfh-j74

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार