एजेन्सी । यौन सम्बन्ध मानिसको जीवनको महत्वपूर्ण पक्ष हो । मानिसहरुले यौन सम्बन्ध राख्ने समय खासै ख्याल गरेको हुदैनन् । धेरैले रातको समयमा यौन सम्बन्ध स्थापित गर्दछन् । तर पछिल्लो समयमा एक अध्ययनले बिहानिपख राखिने यौन सम्बन्ध प्रभाबकारी हुने निष्कर्ष निकालेको छ । बेल्फास्टको क्विन विश्वविद्यालयले गरेको एक अध्ययनले दाबी गरे अनुसार जुन दम्पतीले हप्तामा तीन पटक बिहानको समयमा यौन सम्बन्ध राख्दछन् । उनीहरु शारीरिक तथा मानसिक रोग लाग्नबाट धेरै मात्रामा बच्न सफल हुन्छन् । त्यसै गरी यो कुरामा पनि ध्यान दिनुस की यौन सम्बन्ध स्थापितको क्षण एक किसिमको मनोराजनात्मक खेल हो । एकैचौटी खेल खेल्दा बढी थकित भइन्छ । त्यसैले यौन सम्बन्ध स्थापितको बेला कम्तिमा २० मिनेट सम्म बेड गेम खेल्नुपर्छ । जसले गर्दा दुवैजना तृप्त भइन्छ र यौन सम्बन्धको खास मजा आउँछ । अब जाँनौ बिहानको यौन सम्बन्धका खास ७ फाईदाहरु
१, नियमित रुपमा बिहान मात्रै यौन सम्बन्ध राख्नाले रक्त संचारमा सुधार आउनुको साथै उच्च रक्तचापमा कमी आउँछ ।
२, बिहानको यौन सम्बन्धले टाउकोको एउटा भागतिर मात्र कडा पीडा हुने (माईग्रेन) रोग निको गर्नमा ठूलो मद्दत गर्छ ।
३, यौन सम्बन्ध सबैभन्दा उत्तम व्यायाम हो । यो प्रक्रियामा झण्डै तीन सय क्यालोरी शक्ति खपत हुन्छ । यो व्यायामले गर्दा शरीरको तौलमा नियन्त्रण राख्नुको साथै ती जोडीलाई मधुमेह रोग लाग्ने खतरा हुँदैन । अझ यो बिहानको समयको खास महत्व राख्दछ ।
४, यौन प्रक्रियाले कपाललाई बलियो र चमकदार बनाउनका साथै यौन प्रक्रियामा उत्पन्न हुने हार्मोन इस्ट्रोजन तथा अर्को हार्मोनले अनुहारमा चमक तथा निखार ल्याउँछ ।
५, यौन सम्बन्धको बेलामा शरीरमा उत्पन्न हुने हार्मोन टेक्टोस्टेरोनले हड्डी तथा मांसपेशीलाई बलियो बनाउँछ । यसले गर्दा हड्डी कमजोर भएर गल्ने रोग ओस्टियोपोरसिस लाग्ने सम्भावना न्युन हुन्छ ।
६, अमेरिकामा यौन सम्बन्धमा सक्रिय तीन सय जना महिलाहरुमा गरिएको अनुसन्धान अनुसार जुन महिलाको पतिले कण्डोम प्रयोग नगरिकन यौन सम्बन्ध कायम गर्दछ उसलाई शीघ्रपतनको समस्या निकै कम मात्रामा हुने गर्छ ।
७, स्कुल अफ मेडिसियसनका सोधकर्ताहरुका अनुसार बिहान गरिने यौन सम्बन्धले महिलालाई गर्भावस्थाको अवधिमा हुने पीडाको असर एकदम न्युन रुपमा मात्र पर्छ । तर याद राख्नुहोस् सोधकर्ताहरुको अनुसन्धानले बताए अनुसार हप्तामा तीन पटकभन्दा बढी यौन खेलले तपाईको शरीरको रोग प्रतिरोधक शक्तिमा ह्रास आउँछ । हप्तामा तीन पटक सम्म गरिने यौन सम्बन्धले शारीरिक र मानसिक स्फुर्ति बढाउने विज्ञहरुले बताएका छन् ।
https://www.youtube.com/watch?v=DWGxcorwSLU







