नेकपा मालेका महासचिव सीपी मैनालीले केपी अाेलीमा दुर्गुणका बाछिटाहरू दिन प्रतिदिन बढिरहेकाे बताएका छन् । शक्तिकाे अाडमा अाेली सबैलार्इ हेपेर अगाडि बढेकाे अाराेप लगाएका छन् ।

एक टेलिभिजनमा अन्तर्वार्ता दिदै मैनालीले अाेली कारण देश रसातलतिर भासिने खतरा रहेकाे अाैल्याएका छन् । दुर्इतिहार्इकाे दम्भ बाेकेर अाेली साँढेजस्स्तै बनेकाे मैनालीकाे भनार्इ छ।

‘शक्तिले सद्धे मानिसलाई समेत बिगार्छ।त्यसमा पनि कमजोरी र दुर्गुण भएका मानिसलाई झनै बिगार्ने भयो। प्रधानमन्त्री ओलीमा दुर्गुण छन् त्यसैले प्रधानमन्त्री भएपछि उनमा भएका दुर्गुणका बिउहरु भएकाले फक्रिएका हुन्,प्रष्फुटित भएका हुन्।’ मैनालीले भनेका छन्, ‘दुई तिहाई भएपछि अचानक आएका दुर्गुण होइन ति फक्रिएका मात्र हुन्।’

अरनिको टेलिभिजनको कार्यक्रम दृष्टिकोणमा कुराकानी गर्दै नेकपा मालेका महासचिव सीपीले प्रधानमन्त्री केपी ओलीमाथी उक्त आरोप लगाएका हुन्।आफूलाई केही लागेपछि त्यो कुरामा कठोरतापूर्वक जाने र विरोधीमाथी असहिष्णु बन्ने अनि आफ्नो पूजापाठ गर्नेलाई नजिकको देख्ने,स्नेह गर्ने बानी ओलीमा पहिला पनि थियो।

‘प्रधानमन्त्री जस्तो भईसकेको मान्छे हरेक सानातिना विरोधमाथी जुन रियाक्ट गर्दै जानुहुन्छ त्यो ठिक होइन’,मैनालीले भने।

मैनालीले अगाडि भने-‘सरकार गठनपूर्व पाएका ओलीको लोकप्रियता अहिले घट्दो छ। भारतीय नाकाबन्दीको विपक्षमा तत्कालीन सयममा प्रधानमन्त्री रहेका केपी ओली उभिएकाले उनको पक्षमा जनताहरुको समर्थन रह्यो र जनतामा उनीप्रति विश्वास बढ्यो।२०७४ को निर्वाचनमा तत्कालीन माओवादी र एमाले दुई दल मिलेर गठबन्धनद्धारा घोषणा पत्र जारी गरेर स्थिरता,विकास,सुख,शान्ती र देशलाई समृद्ध बनाउने भनेपछि जनता खुशी भएर गठबन्धनलाई मत दिएर जिताए।तर सरकार बनेको ६ महिना बितिसक्दा आम जनताको जीवनमा सकारात्मक प्रभाव पार्ने सामान्य काम पनि ओली सरकारले गर्न सकेन।ओली सरकार ठूलाठूला गफ मात्रै दिईरहेको छ,त्यसैले ओली र सरकारको लोकप्रियता घट्दो छ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार