काठमाडौं। मुलुकभर महिला हिंसाविरुद्ध आन्दोलन भइरहेका बेला काठमाडौंमा शनिबार दिउँसो एक अनौठो दृश्य देखियो । केही प्रहरी र सयौँ मानिसहरुका अगाडि बलात्कारको दृश्य देखिएको हो । तर, बलात्कार गर्ने मानिसहरु भने पक्राउ परेनन् । केही पुरुषले केही महिलालाई बलात्कार गरिरहँदा कसैले पक्राउ गरेनन्, बरु हेरेर बसिरहे । यद्यपी यो दृश्य साँच्चिकै बलात्कारको थिएन । बलात्कारविरुद्ध देखाइएको दृश्य हो ।
मुलुकका विभिन्न स्थानमा भइरहेको बलात्कारका घटनाका दोषीलाई कडा कारवाहीको माग गर्दै आन्दोलनरत सचेत नागरिकले प्रतीकात्मक रुपमा यो प्रदर्शन गरेका हुन्। काठमाडौंको माइतीघरबाट सुरु भएको प्रदर्शन नयाँबानेश्वरमा पुगेर बलात्कारको प्रतिकात्मक दृश्य देखाउँदै कारबाहीको माग गरिएको हो । यसमा सहभागी थिए शिल्पी थिएटरका कलाकारहरु ।
.osnepal.बाट







