१३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले अर्का एक निर्दोषलाई पनि पक्राउ गरेको खुलेको छ। ११ दिनसम्म प्रहरी हिरासतमा रहेर छुटेका २३ वर्षे चक्र बडू अहिले पनि आतंकित छन्। तर, अनुसन्धानमा उनी पनि पक्राउ परेका थिए भन्ने प्रहरीले कसैलाई पनि जानकारी गराएको छैन।

घटनालगत्तै प्रहरीले कैलालीका जीवन घर्तीमगर र कञ्चनपुरका दीपक नेगी पक्राउ गरेको समाचार नयाँ पत्रिका दैनिकमा छ। गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुर बलात्कार र हत्याका आरोपी पक्राउ परे भनेर दीपक र जीवनको नाम लिएका थिए। तर, साउन २१ बिहान ८ बजे घरबाटै पक्राउ परेका चक्रबारे केही जानकारी भएन।

कञ्चनपुरको महेन्द्रनगरमा शनिबार रातिदेखि लगाइएको कर्फ्यु केही खुकुलो बनाइएको छ । स्थिति सामान्य बन्दै गएपछि स्थानीय प्रशासनले सोमबार साँझ ६ बजेसम्म कर्फ्यु हटाएको छ ।

जिल्ला प्रशासन कार्यालयले सोमबार विहान ५ बजेदेखि १२ बजेसम्म कर्फ्यु खुला गरेको सूचना जारी गरेको थियो । तर स्थिति सामान्य बन्दै गएकाले साँझ ६ बजेसम्म कर्फ्यु हटाएको छ ।

कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले स्थिति सामान्यतर्फ उन्मुख भएका कारण कर्फ्युको समय खुकुलो पारिएको जानकारी दिए । साँझ ६ बजेदेखि मंगलबार विहान ५ बजेसम्म भने कर्फ्यु यथावत रहनेछ ।

कर्फ्यु खुलेपछि बजारमा सामान्य चहलपहल देखिएको छ । निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै स्थानीय वासिन्दाले निकालेको जुलुस उग्र बन्दै गएपछि प्रहरीले शनिबारदेखि कर्फ्यु लगाएको हो ।

शनिबार स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु भएको थियो । infokhabarबाट

https://www.youtube.com/watch?v=RaIiLfh-j74

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार