लाखौं सपना बोकेर गाउँबाट नेपालीहरु शहर पस्छन अनी त्यही सपना साकार पार्न कुनै राम्रो देशमा जान्छन । त्यस्तै मध्यको एक देश हो अष्ट्रलिया यहाँ भएका लाखौं नेपाली विद्यार्थीहरु उच्च शिक्षाका लागि भनेर नेपालबाट ठुलो धनराशि खर्चेर यहाँ आएका छन । तिनै मध्यकी एक हुन सुन्तली (नाम परिवर्तन) उनी यहाँ आएको धेरै भएको छैन ।
झण्डैं पन्ध्र महिनाजस्तो भयो उनी यहाँको एक विश्वविद्यालयमा अध्यन गरिरहेकी छिन । उनलाई सुरुसुरुमा त आर्थिक समस्या थिएन घरबाट ल्याएको पैसाले पढाई खर्च र सामान्य आधारभुत खर्च टार्न सजिलो नैं थियो तर विस्तारै समय फेरिदैं गयो उनको बसाई सँगैं इच्छा चाहानाहरु पनि बढ्दैं गए त्यसै अनुसार उनले आर्थिक मन्दिको पनि सामना गर्नुपर्यो । आर्थिक संकट चुलियो पछि उनले केही विकल्प खोज्ने बेला भएको थियो ।
उनका अगाडि धेरै विकल्पहरु पनि थिँए र चुनौतिहरु पनि उस्तैं थिँए । उनले सुरुमा त सानोतिनो काम गर्न थालिन जसले उनलाई राम्रो आम्दानी भैरहेको थियो तर उनलाई कलेजको लागि समय मिलाउन गाह्रो भयो । उनी नेपालबाट जाँदा पढाई सँगैं काम गर्ने भनेर यहाँ आइकी हुन । तर उनले सोचे भन्दा फरक देखियो अष्ट्रलिया उनले पढाई छोडेर काम गर्न सक्ने वातावरण पनि छैन ।
उनिसँग भएको भिसा काम गर्नको लागि होईन पढाई गर्नको लागि भनेर हो यदि उनको विद्यार्थीको हैसियतमा नेपालबाट गएर त्यहाँ काम मात्रैं गर्न थाले पछि त्यसैलाई कानुनी भन्न सकिने अवस्था पनि थिएन । त्यहाँ पुगेको अलिक महिना पछि उनको नेपालबाट गएका केही पुराना नेपाली विद्यार्थीसँग उनको राम्रो परिचय बन्न पुग्यो । सुन्तलीले आफ्नो समस्या र उनीहरुले बाँचिरहेको जीवनका बारेमा केही कुरा सोधिन र उनीहरु यौन व्यवसायमा संलग्न भएको कुरा थाहाँ पाईन ।
उनलाई उनका साथिहरुले यो पेशा सहज भएको भन्दै उनलाई सम्झाए । एकपटक त सुन्तलीलाई लाग्यो होईन यस्तो काम पनि के गर्नु बरु नेपाल नैं जान्छु, तर नेपाल आएर के गर्ने उनिसँग कुनै विकल्प छैन । उनले जसोतसो यहाँ बस्ने र पढाई गर्ने सोच बनाईन । अहिले उनी यहाँको एक सामान्य मसाज सेन्टरमा काम गर्छिन ग्राहकको कहिल्लै कमि हुँदैन ।
उनलाई यसमा कुनै निश्चित समय तोकिएको छैन । उनी जब फुर्सदमा हुन्छिन तब इन्टरनेटको माध्यमबाट नयाँ ग्राहक बनाउँछिन अनि उनिहरुले बोलाएको ठाउँमा जान्छिन । अष्ट्रलियामा यौनकार्यलाई गैरकानुनी मानिएको छैन । उनले यौन व्यवसायलाई पार्ट टाइम जागिर जस्तो बनाएकी छिन । उनीसँग अहिले भारतीय, इन्डोनेशिया र यहाँ अष्ट्रलियाका मानिसहरु ग्राहक छन । उनी लगायत अष्ट्रलियामा झण्डैं पाँच सय भन्दा धेरै युवति कल गर्लको रुपमा काम गर्ने गरेको एक अध्यनले देखाएको छ ।newsworldnepal बाट







