गोरखाको सिरानचोक गाउँपालिका–२ खमारीमा गाडिएको अवस्थामा ११ दिने शिशुको शव फेला परेको छ । पाँच दिनदेखि हराएको शिशुको शव मंगलबार फेला परेको हो । भदौ आठ गते शुक्रबार बच्चा हराएको सूचना पाए लगत्तै प्रहरीले अनुसन्धान थालेको थियो ।

शिशुकी १७ वर्षीय आमा रस्मी गुरुङ भण्डारीलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा उनले हत्या गरेको स्वीकार गरेको प्रहरी उपरीक्षक विमल बस्नेतले बताए ।

उनले भने, ‘गुरुङ्गले दिएको बयान अनुसार घर नजिकैको बारीको खाल्डोमा शिशुको शव भेट्यौँ ।’ घरभन्दा करिब तीन सय मिटर पर गाडिएको अवस्थामा शव भेटिएका हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार