नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले अाेली सरकारले अाफ्नाे पार्टीसँग गरेकाे वार्तालार्इ नाटककाे संज्ञा दिदै खारेज गरेका छन् ।

अाफ्ना नेताहरू दिनप्रतिदिन गिरफ्तार गर्दै जाने तर अर्काेतिर वार्ताकाे नाटक गरेर अाेली सरकारले षडयन्त्र गरेकाे महासचिव विप्लवले अाेलीकाे षडयन्त्रकाे पर्दाफास गरिने चेतावनी दिएका छन् ।

अाफ्ना पार्टीका पाेलिटव्युराे सदस्य शिलु भुजेलकाे गिरफ्तारीपछि महासचिव विप्लवले एक विज्ञेप्ती जारी गरेर अाेली सरकारकाे षडयन्त्र, हर्कत र रबैयाबीच वार्ताकाे कुनै गुञ्जाइज नरहेकाे निचाेड निकालेका हुन् ।

दमन र धरपकडले क्रान्तिकारीहरूलार्इ झन् स्पात र बलियाे बनाएर लगेकाे बताउँदै महासचिव विप्लवले अाफुहरू वैज्ञानिक समाजवादकाे निर्माणमा कटिबद्ध रहेेकाेमा जाेड दिएका छन् ।

अाेली सरकारकाे  अाफ्नै दमनकारी हर्कतले संसदीय व्यवस्थाकाे अन्त्य नजिक बनिरहेकाे भन्दै विप्लवले अाफ्ना नेता र कार्यकर्ताहरूलार्इ सरकारकाे दमनबाट नअात्तिन सबैमा अपिल गरेका छन् ।

साथै महासचिव विप्लवले अाेली सरकारकाे फासिवादी दमनका विरूद्ध पत्रकार, मानवअधिकारकर्मी र नागरिक समाज सबैलार्इ अावाज बुलन्द गरिदिन अनुराेध समेत गरेका छन् ।

विज्ञेप्तीकाे पूरा पाठ –

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार