मोरङको उर्लाबारीमा एक बालिकालाई अपहरण गरेर लैजाँदै गर्दा एक युवकलाई पक्राउ परेका छन् । देशैभरी बालवालीका अपहरण तथा बलात्कारका घटना बढिरहेका बेला मोरङमा अपराधिक गिरोह बढदै जान थालेको पाइएको छ ।

उर्लाबारी नगरपालिका ६ बाट कमल घिमिरेकी चार वर्षीया छोरी कृतिकालाई अपहरण गरेर लैजाँदै गरेको अवस्थामा झापाको दमक ८ घर बताउने ३० वर्षीय दिनेश कार्कीलाई नियन्त्रणमा लिएर स्थानीयले प्रहरीलाई बुझाएका हुन् ।

प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले अपहरण गरेको थाहा नपाएको भए र स्थानीयले नियन्त्रणमा नलिएको भए बालिकालाई अपहरणमुक्त गर्न समस्या पर्ने तिमल्सिनाको भनाइ छ । घरको आँगनमै साथीहरुसँग खेल्दै गरेको अवस्थामा सोमबार साँझ ७ बजे बालिकालाई अपहरण गरेर लगभग दुई सय मिटर पर पु¥याएपछि स्थानीयले थाहा पाएका थिए ।

प्रहरीका अनुसार उनीसँगै सात/आठ वर्ष उमेर समूहका अन्य चार÷पाँच जना बालबालिका पनि खेल्दै थिए । छोरीलाई उठाउनु अघि उनीसँग खेल्दै गरेका अरुलाई पनि लैजान फकाउने कोशिस गरेको र अरुले नमानेपछि चकलेट र फलफुल किनिदिने भन्दै आफ्नी छोरी लिएर गएको बुवा कमलले बताए ।

घटना रहस्यमय
उनका अनुसार छोरी कृतिकालाई नयाँ मान्छेले लिएर गएको देखेपछि सँगै खेल्दै गरेका बालबालिकाले घर भित्र गएर सुनाएपछि घटना थाहा भएको थियो । पक्राउ परेका कार्कीले घर दमक बताएपनि नेपाली नागरिकता लगायतका कुनै पनि कागजपत्र पेश गर्न नसक्दा घटना रहस्यम बनेको प्रहरीले जनाएको छ । उनको साथबाट आछाम राज्यको तीनसुकिया जिल्ला स्थित गोग्राहा टोलको परिचय पत्र फेला परेपछि घटना थप शंकास्पद र रहस्यमय बनेको जानकारी प्रहरी निरीक्षक तिमल्सिनाले बताए ।

पक्राउ परेका युवाले चिनजानकै जस्तो लगेर चकलेट र फलफुल किनेर दिन आफूले बालिकालाई लिएर गएको बयान प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा दिएका छन् । प्रहरीले उनको साथबाट भारतको जलपाईगुडी सम्मको रेलको टिकटको अर्धकट्टी र पाँच÷पाँच सय रुपैयाँका दुईवटा भारतीय नोट पनि फेला पारेको छ ।

अपहरणपछि भारत लग्न खोजेको प्रहरीको आशंका
प्रहरीले बालिकालाई अपहरणपछि भारत कटाउन खोजेको हुन सक्ने आशंका गरेको छ । तिमल्सिनाले पक्राउ परेका युवा बालबालिका भारत कटाउने गिरोहमा संलग्न भएको आशंकामा अनुसन्धान सुरु गरिएको तिम्सीनाले बताए । उनले नेपाली कागजपत्र देखाउन नसक्नु, भारतमा लामो समयदेखि बसोबास गरिरहनु, साथमा भारतीय रुपैयाँ र रेलको टिकट समेत फेला पर्नुले बालिकालाई अपहरण गरेर भारततर्फ नै लैजान खोजेको प्रहरीको अनमुमान छ ।

म्याद थप गरी अनुसन्धान
प्रहरीले पक्राउ परेका कार्की विरुद्ध अपहरण मुद्धा चलाउन जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ । घटना गम्भीर रहेका कारण अनुसन्धानपछि सबै वास्तविक कुरा खुल्दै जाने प्रहरीले जनाएको छ । केही दनि अघि मात्रै मोरङको बेलबारी ११ लक्ष्मीमार्गका ११ वर्षीय बालकलाई आफन्त भएको नाटक गर्दै स्कुटरसहित अपहरण गर्ने एक युवालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

संखुवासभाको खाँदबारी घर भएका उज्जवल तामाङलाई प्रहरीले झापाको चारआलीबाट पक्राउ गरी ईलाका प्रहरी कार्यालय ल्याएको थियो । बालक सकुशल घर फर्किएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार