सरकारले बिमस्टेक सम्मेलनमा काठमाडौं आउन लागेका विशिष्ट पाहुनाका लागि रातारात सडक मर्मत गरेको छ । बिहीबार र शुक्रबार काठमाडौंमा हुने बिमस्टेक सम्मेलनका लागि खाल्डा परेका सडकमा गिटी राखेर होस् वा पानी जमेकै सडकमै कालोपत्रे गरियो ।

सामान्यतयः सडक कालोपत्रे गर्न ग्राबेल गरिएको सडकमा सफ्रेसबेस र सबबेस उठाएपछि मात्र गरिनुपर्ने उपत्यका सडक विस्तार आयोजनाका इन्जिनियर तथा सुचना अधिकारी विश्वविजयलाल श्रेष्ठ बताउँछन् । तर काठमाडौंको माइतीघर, नयाँ वानेश्वर, चावहिल लगायतका मुख्य सडकमा देखाउनै लागि मात्रै खाल्डामा जमेका पानीमै अलकत्र खन्याएर टालिएको छ ।







