आफ्नै छिमेकी अंकलबाट पटकपटक बलात्कृत १३ बर्षिय बालिकालाई भेट्दा निकै अफ्ट्यारो मान्दै थिईन । शिर निहुराएर बसेकी उनि सोधिएको प्रश्नको उत्तर दिन पनि डराइरहेकी थिइन । बल्ल मुख खोल्दै उनले भनिन् ‘अंकलले मलाई मंसिरयता तिनपटक जवजस्र्ती गर्नु भयो’ । ‘पैसा र चकलेट देखाएर कहिले घरमा त कहिले भारुती भेनमा लागेर जवरजस्र्ती गर्दा धेरै पटक प्रतिकार गरे’ । ‘कसैलाई भनिस भने मार्छु भन्नु भयो’ । ‘डरले मम्मीलाई पनि भन्न आँट आएन’ ।
तर बुधबार राती ममी भाडा मोल्दै गर्दा लाल बहादुर बस्नेत (अंकल) कोठामा छिरेर कपडा जवरजस्र्ती खोल्न लगाई अंकलले लगाएको प्यान्ट पनि खोल्दै गर्दा ममिले भेटाउनु भएको हो । त्यसपछि ममि र मलाई यो कुरा बाहिर लगिस भने दुवै जनालाई बिष खुवाएर मार्छु भन्नु भयो । ममी पनि डराउनु भएछ । बलात्कारको आरोप लागेका ३६ बर्षिय बस्नेत र पिडित परिवार छिमेकी हुन । भोजपुरबाट एक बर्ष अघिमात्र बराहक्षेत्र ८ पुलाह झरेका उनिहरु त्यस ठाँउमा नयाँ थिए । ढेड बिगाह जमिन अनि ५ वटा बख्रा हेर्नलाई भनि बालिका सहितको परिवार लाल बहादुरको घर नजिक भाडामा बस्दै आएका थिए ।
बालिकाको बुवा ज्याला मञ्दुरी गर्ने भएकाले घरमा प्राय आमा र दुई भाई मात्र बस्ने गर्थे । लाल बहादुर एक बर्ष अघिमात्र कतारबाट घर आएका थिए । उनले मारुती भेन खरिद गरी स्थानिय युवाहरुलाई ड्राईभिङ्ग सिकाउने गर्थे । दिनभर ड्राईभिङ्ग सिकाएर मारुती भने घर अगाडी राख्ने गरेका थिए उनले ।
बालिकाले आफुलाई सोही मारुती भित्र पहिलो र दोस्रो पटक जवजस्र्ती गरेको पूर्वेली न्यूजलाई जानकारी दिइन । ‘मंसिर अन्तिम तिर राती ९ बजे शौचालय जाँदा पैसा देखाएर गफ गर्नु छ भनि गाडीमा बोलाउनु भयो’ । ‘भित्र छिरेपछि ढोका लगाएर जवरजस्र्ती कपडा च्यातेर ….गर्नु भयो’ । ‘चिच्याँदा मुख थुनेर झण्डै सास अड्किएको उनले सम्झिन’ । ‘त्यस दिनदेखि अंकलले सबैलाई भन्दिछु भनेर डर देखाई रहनु भयो’ । ‘अरुले थाहा पाए नराम्रो हुन्छ भनेर चुप बसे,’ उनले भनिन ‘एकपटक दुखेर ज्वरो नै आएको थियो’ ।
बालिकाको आमाका अनुसार नयाँ ठाँउ भएकाले छोरीमाथि भएको अन्याय छरछिमेकीलाई भन्न गार्रो भयो । उनले भनिन ‘बुधबार रातीको घटना बिहिबार दिउसो मात्र दाईलाई भन्ने आट आयो’ । दाईलेनै पछि आफन्त लिएर प्रहरीकहाँ किटानी जाहेरी दिएका हौ ।
बलात्कार भएको दिनदेखि बस्नेतले आफुलाई धेरै पटक मार्छु भनि धम्काएको बालिकाको आमाले बताईन । पछि घटना सबैलाई थाहा पाएपछि स्थानिय श्याम भण्डारी भन्ने व्यक्तिले ‘पैसामा मिल्नु पर्छ’ भनि दबाब दिएको उनको भनाई छ । छोरीको पालन पोषणको लागी लाल बहादुरको पक्ष लिदै भण्डारीले आर्थिक लोभ देखाएको आमाले जानकारी दिइन । घटना भएको दुईदिन अर्थात शुक्रबार मात्र लालबहादुर इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा आत्मसमर्पण गरेका थिए । त्यस समयसम्म ‘पैसामा नमिले’ परिवारलाई नै मार्ने धम्की पटक पटक आएपछि घर छाडेर माईती कहाँ आएको बालिकाको आमाले बताईन ।
‘गाँउटोल नै लालबहादुरको पक्षमा देखियो’ उनले भनिन् ‘घरमा बस्न नसक्ने वातावरण भएपछि माईती आएका हौ’ । ‘श्रीमान घटना भएकोदिन भोजपुर जानुभएको थियो, बोल्ने कोही नहुदा नयाँ ठाँउमा हामी उल्टै एक्लो भयौ’ । अझै पनि गाँउटोलका सबैजना लालबहादुरको पक्षमा छन् ।
छोरीलाई जवरजस्र्ती गर्ने लाल बहादुरलाई कडा कानुनी कारबार्ही गर्न आमाले पूर्वेली न्यूज मार्फत माग गरिन् । ‘छोरीलाई पाप चिताउनेलाई कडा सजाय होस’ उनले भनिन ‘घटनाको बिषयमा प्रहरीले पनि अनुसन्धान गदै छ, मेडिकल रिर्पाेट आएपछि सबै बाहिर आउने छ’ ।
पिडित बालिका स्थानिय सरकारी बिद्यालयमा कक्षा ७ मा अध्यानरत छात्रा हुन । घटना भएदेखि उनि घरबाट बाहिर जान डराउने गर्छिन ।
उनले आफुलाई जवरजस्र्ती गर्नेलाई प्रहरीले राम्रो अनुसन्धान गरेर कारबार्ही गर्न माग गरिन । ‘मलाई त दाग लगायो, तर अरुलाई यस्तो नहोस आखाको आशु रोक्दै उनले भनिन्’ ।
झुटो आरोप
घटना भएको स्थान बस्नेतको आगनसगै जोडिएको छ । लालबहादुरको घर पुग्दा उनका बिहिनी आक्रोशित हुदै भनिन ‘यो सबै झुटो आरोप लगाइदै छ’ । नाम नबताउने सर्तमा उनले दाई बिदेशबाट एक बर्ष अघिमात्र आएर ड्राईभिङ सिकाउदै आएको बताईन । ‘दाई परिवार भएको मान्छे हो’ । ‘बलात्कार भएकी बालिकाले हाम्रो पसलको गल्लाबाट पैसा चोरेकी थिइन, समाज राखेर मिलायौ’ । त्यही रिस उनकी आमाले आज फेरेको हो ।झुटा आरोप लगाएर परिवारको बदनाम गराउन खोजेको उनले बताईन । ‘प्रहरीले निस्पक्ष रुपममा अनुसन्धान गर्नुपर्छ आरोप लगाउदैमा कारबार्ही हुनुहुदैन’ ।
अनुसन्धानमै छौ : प्रहरी
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक जिवन तामाङले घटनाको बिषयमा अत्यन्त संवेदनशील भएर अनुसन्धान गरिरहेको बताए । ‘दुवै पक्षको बिषयमा हामी अनुसन्धानकै प्रकृयामा छौ’ उनले भने ‘मेडिकल रिर्पाेट आएपछि हामी वास्तविक्ता बाहिर ल्याउछौ’ ।
पिडित परिवारलाई धम्की दिएको बिषयमा प्रहरी गम्भीर रहेको बताउदै बालिकाको परिवारसँग नियमित सम्पर्कमा रहेको प्रनि तामाङले बताए । घटनामा राजनितिक दबाव आएको भन्ने बिषयमा उनले बलात्कार जस्तो मुद्धामा दबाब दिने जो सुकैलाई पनि पक्राउ गर्ने बताए । प्रहरी सचेत छ, कसैको दबाव र प्रभावमा यस्ता घटना अब नमिल्ने उनले बताए ।







